जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।