खानेपानीका मुहान सुक्न थालेपछि बाग्चौर नगरपालिका–३ का विभिन्न ठाउँमा 'रिचार्ज पोखरी' निर्माण गरिएको छ । वडा कार्यालय र उपभोक्ताको सक्रियतामा विभिन्न २० वटा मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो ।
जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।...
गोदावरी (कैलाली), २४ भदौ । धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ । उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको […]
“लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भन्नुभयो । उहाँका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र […]
नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ। पालिकाले बालबालिकाकाे संरक्षण लागि बजेट छुट्याएको छ। पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो। गाउँपालिकाका अध्यक्ष डम्बर विकले अभिभावकविहीन बालबालिकालाई स्थानीय सरकारले पाल्ने र पढाउने बताए। ‘हामीले त्यसका लागि केही बजेट छुट्याएका छौँ। संघ संस्था […]
प्रदेश १ को प्रदेशसभामा भैंसी लोपहुन लागेकाले संरक्षण गर्न सांसदले माग गरेका छन्। प्रदेश १ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलकाक्रममा सांसद नारायण बुर्जा मगरले भैंसी लोपहुन लागेका कारण संरक्षण गर्न सरकारसँग माग गरेका हुन्।...
१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]
काठमाडौँ– वातावरण तथा वन्यजन्तु संक्षणका लागि संरक्षण प्रयास र विकास एकअर्काका विरोधी होइन परिपुरक बन्नु पर्ने संरक्षण तथा विकासकर्मीहरुले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार भएको बाघ संरक्षण र पूर्वाधार विकास विषयक संवाद कार्यक्रममा वक्ताहरुले संरक्षण र विकासलाई भिन्दाभिन्दै हेरिँदा साझा उदेश्य प्राप्त गर्न नसकिने बताएका हुन्। वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज […]
सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न माग गरेको छ । समितिले आज शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको हो ।
समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिए । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उाको भनाइ थियो ।