१० असोज, मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ …
मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ […]
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।
खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।
३१ साउन, डोटी। अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको छ ।
'तीन सय ६४ दिन आफ्नो कामको लागि उठौ, एक दिन वातावरण संरक्षणका लागि जुटौ' भन्ने मुल नाराका साथ उक्त अभियान थालिएको हो …
सल्यान : पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ। पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो। पानीका मुहना संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए।डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उनले बताए । उनले भने, ‘ठाउँ–ठा
खानेपानीका मुहान सुक्न थालेपछि बाग्चौर नगरपालिका–३ का विभिन्न ठाउँमा 'रिचार्ज पोखरी' निर्माण गरिएको छ । वडा कार्यालय र उपभोक्ताको सक्रियतामा विभिन्न २० वटा मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो ।
पानीको मुहान संरक्षणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रिचार्ज पोखरी निर्माण गरिएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार र दुर्छिममा वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ९ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।