तिनजुरे–मिल्केका पोखरी सुक्न थाले - Naya Patrika

प्राकृतिक एवं जैविक विविधताले भरिपूर्ण तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षण अभावमा सुक्न थालेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।