सल्यान : पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ। पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो। पानीका मुहना संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए।डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उनले बताए । उनले भने, ‘ठाउँ–ठा