आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संय