चुनाव नजिकिँदै गर्दा भक्तपुरमा चुनावी चटाराे (तस्बिरसहित)

काठमाडाैँ- मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरू पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन्। उम्मेदवारहरूको घरदैलोमा स्थानीय किसानहरूले भने मल नपाएको गुनासो गरेका छन्। अहिले देशभरका उम्मेदवारहरू आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर […]

सम्बन्धित सामग्री

ललितपुर र भक्तपुरमा मतगणना सुरु

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ ।  ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यस्तै भक्...

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।...

भक्तपुरमा चुनाव प्रचार सामग्री हटाईंदै

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।

महानगर र भक्तपुरमा आयोगले गठबन्धनलाई फाइदा दिन खोजेको भन्दै एमालेको विरोध

काठमाण्डाै – नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकामा मतपत्र छपाउँदा उम्मेदवारी नपरेको पदमा दलको चुनाव चिह्न नराख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएको छ । सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी आयोगले यस्तो निर्णय गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै आपत्ति जनाएको हो । चुनाव सुरु भइसकेपछि चुनावको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने काम आयोगबाट हुने छैन भन्ने एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ । स्वतन्त्र र निष्पक्ष चुनाव गराउने जिम्मेवारी पाएको...

जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्छ- ओली

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले सचिवालयको बैठक भक्तपुरमा शुरू भएको छ ।  भक्तपुरको बालकोटस्थित एक पार्टी प्यालेसमा बुधवार सचिवालय बैठक बसेको हो । स्थानीय तह निर्वाचनमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।  बैठकमा पार्टीको जनसंगठन सञ्चालन निर्देशिका बनाउनेलगायतका एजेण्डा छन् ।  बैठक उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्ने बताए ।  निर्वाचन आयोगले मंगलवार सरकारसँग...

एमाले सचिवालयको बैठक भक्तपुरमा बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ। दिउँसो १ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बैठक हुन लागेको हो। स्थानीय तहको चुनाव तथा अरु समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ। स्थानीय तहको चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको मनसायको एमालेले तीव्र विरोध गर्दै आएको थियो। चौतर्फी विरोधपछि सरकारले आउँदो जेठको पहिलो हप्ता स्थानीय […]

महेशलाई शेरबहादुरको चुनौती, भक्तपुरमा दुर्लभ थापालाई हराएर देखाऊ

भक्तपुर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा आफूलाई नभई दुर्लभ थापालाई निर्वाचन हराएर देखाउन चुनौती दिएका छन्।नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन शुक्रबार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई सो चुनौती दिएका हुन्।बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिएका थिए। त्यसको जवाफ दिँदै देउवाले भने, ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनू।

महेश बस्नेतलाई देउवाको चुनौती- मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

काँग्रेस सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए ।  भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग