केही दिनअघि २१ वर्षीय एक र्यापरले आफू आमाबुबासँग बस्न नचाहेको र स्वतन्त्रता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उनले आफू दुर्व्यसनी भएको स्विकार्दास्विकार्दै पनि आफ्नो वैयक्तिता कसैले खोस्न नसक्ने भन्दै आमाबाबुको नियन्त्रण स्वीकार्य नभएको बताए । त्यस्तै भारतको लखनउमा पब्जी गेम खेल्न नदिएको भन्दै १६ वर्षका एक किशोरले आमालाई गोली हाने ।