२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]
कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिक...
कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिक...
सुरक्षित गर्भपतन, मातृत्व तथा प्रजनन अधिकार सेवा विवाहपूर्व र विवाहपछिका किशोरकिशोरी दुवैको लागि भए पनि स्वास्थ्य संस्थामा उनीहरूमैत्री व्यवस्थापन छैन।...
कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उ...
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।
केही समयअघि बाजुरा, कैलाली, दाङ, सिन्धुपाल्चोक, पाँचथर, डोटी, कपिलवस्तु, कालीकोट र अछामका साथीहरूले त्यहाँका किशोरकिशोरीसँग छलफल गरेर निस्केका तथ्य प्रस्तुत गर्नुभयो । उहाँहरूको प्रस्तुति सुन्दा हाम्रा किशोरकिशोरी अघि बढेका हुन् कि पछि फर्केका भन्नेमा अलमल भयो ।
कैलारी गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो। पर सरेको कुरा सकेसम्म कसैले थाहा नपाओस् भन्ने उहाँको चाहना हुन्थ्यो। त्यतिखेर उहाँलाई स्वास्थ्य सरसफाइ कसरी गर्ने भन्ने कुराको पनि राम्रो ज्ञान थिएन। घर परिवार वा साथीभाइसँग महिनावारी भएको कुरा गर्दा केही भन्छन् कि भन्ने चिन्ता त थियो नै, कुरा गर्न पनि लाज लाग्ने गथ्र्यो आस्मालाई। तर अहिले महिनावारी भएको कुरा घर परिवार र साथीभाइलाई नलजाई ढुक्कले सुनाउने गर्नुहुन्छ। महिनावारी भएको समयमा पीडासमेत लुकाउन खोज्ने आस्मा यति बेला भने महिनावारीलगायत यौन र प्रजननको कुरा खुलेर सुनाउने गर्छन्। उनमा यतिसम्मको चेतना तथा परिवर्तन भने त्यसै आएको होइन। किशोरकिशोरीलाई लक्षित गरेर कैलारी–८ मा सञ्चालन गरिएको ‘रूपान्तरण’ कक्षामा सहभागी भएपछि आस्मामा यस किसिमको चेतना र परिवर्तन आएको हो। आस्मा भन्नुहुन्छ, “कसैले केही नभन्दा पनि लाज लाग्ने र डर नै लाग्थ्यो।” आस्मा जस्तै ग्रामीण क्षेत्रका किशोरकिशोरी अहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा मात्रै गर्दैनन्, यसबारे सचेत पनि हुन थालेका छन्। रूपान्तरण कक्षामा सिकाइको स्वास्थ्य शिक्षा र प्रजननका विषयमा दिइएको प्रशिक्षणले किशोरकिशोरी पूर्ण रूपमा सचेत बन्न थालेका हुन्। यौन हिंसा, घरेलु हिंसा, बालश्रम, बालविवाह, बालअधिकार, नागरिक अधिकारलगायत विविध विषयमा जानकार हुन थालेका छन्। उमेरसँगै आइपर्ने शारीरिक तथा मानसिक चुनौती, शारीरिक परिवर्तनलगायत विभिन्न समस्याका बारेमा साथीसँगी, दौँतरी र घर परिवारसँग खुलस्त रूपमा कुरा राख्ने गरेको किशोरकिशोरीको भनाइ छ। आफूलाई परेको स्वास्थ्य तथा अन्य हिंसाजन्य समस्या विद्यालयका साथीभाइलाई सुनाउनुका साथै घरमा परिवारका सदस्यसँग पनि खुलेर राख्ने गरेको १६ वर्षीय किशोर सुमित चौधरीले बताउनुभयो।