लोप हुँदै लिम्बू समुदायको ‘धान नाच’ नयाँ पुस्ताले महत्व नै बुझेन

विराटनगर : ‘हामी मेलापात, पाहुना जाँदा धान नाचेर रात कटाउथ्यौँ।’ ७२ वर्षीय मेरा बुवाले आफ्नो तन्नेरी उमेरको किस्सा खुब सुनाउँथे। संखुवासभा जिल्लाको चैनपुरमा जन्नेमका बा मिश्रित समुदायमा हुर्के।राई, आर्र्य समुदाय, नेवार समुदायको बीचमा बाल्यकाल बितेकाले पनि होला आफ्नो भाषा लिम्बू भाषा बोल्न सक्दैनन्। तर, धान नाच अर्थात लिम्बू संस्कृतिसँग जोडिएको मौलिक नाचमा भने बढो चाख लाग्ने गरेको अनुभव सुनाउने गर्देथे। वारिपारिको गाँउमा (चैनपुरको केही स्थानमा लिम्बू समुदायको बाहुल्यता छ) पाहुना जाँदा

सम्बन्धित सामग्री

लोप हुँदै धान नाच

धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो । नयाँ पुस्ताले मौलिक संस्कार र संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुँदै गएको छ । नयाँ पुस्ता आधुनिकतामा रमाउन थाल्नाले लिम्बू जाति तथा पुर्बेली समुदायमै लोकप्रिय रहेको धान नाच दिनदिनै लोप हुँदै गएको हो ।

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

फिक्कल (इलाम), २३ फागुन । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने […]

लिम्बू समुदायको दशैं मान्ने परम्परा लोपहुँदै

फुङ्लिङ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैं मार हन्ने र धुमधामसँग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैं मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैं परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दशैं मान्ने संस्कृति पनि लोपहुँदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैंपर्व मनाउने गरेको पाइन्छ । हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन् । गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैं पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैं पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ । आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैंपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दशैंपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दशैं सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् । किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताउनुभयो । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ । शुरूमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् । लिम्बूलाई शुरूमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताउनुभयो । पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दशैंमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो । पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । […]

हराउँदै धान नाच

पाँचथर । प्रदेश–१, को विभिन्न जिल्लामा मूलरूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचका रूपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो । विशेषतः हिउँदको फुर्सदिलो समयमा बढी धान नाचिन्छ । याक्थुङ (लिम्बू) समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा साइनो सम्बन्ध […] The post हराउँदै धान नाच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ताप्लेजुङमा जौ टिप्दै महिला

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ । तस्वीरः दिलकुमार लिम्बू÷रासस

‘खला’बाट हराउँदै धान नाच

पाँचथर – लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ । पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो । पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तर...

धान नाच लोप हुँदै, जोगाउन छैन युवाको रुचि

धनकुटा : पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपी, कला र संस्कृति छ। धान नाच लिम्बू समुदायको मौलिक र लोकप्रिय संस्कृति हो।तर, पछिल्लो पुस्ताले आफ्नो समुदायको मौलिक संस्कृति धान नाचमा चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।१०/१२ वर्ष पहिले स्थानीय गाउँघरमा विभिन्न अवसरमा लाग्ने मेलापातमा जताततै देखिने लिम्बूको मौलिक नाच हिजोआज देखिन छाडेको छ।धान नाच पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङसहित भारतको सिक्किम, दार्जिलिङ, सुकिया पोखरी र

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै

ताप्लेजुङ– विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा […]