लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै

ताप्लेजुङ– विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा […]

सम्बन्धित सामग्री

बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री

अत्तरिया (कैलाली), २२ पुस । पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम हुँदै गएको छ । बजारमा कम मुल्यमा प्लाष्टिकका गुन्द्री पाइन थालेपछि बुनेका गुन्द्री बिक्न छाडेकाले स्थानीय बताउँछन् । बाबियो […]

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

किमाथाङ्का,सङ्खुवासभा । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ । एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्दै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो । दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए। पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए। युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए।

गोरु घुमाएर दाइँ हाल्ने परम्परा लोप हुँदै

संखुवासभा :  जिल्लाका किसानहरू यतिबेला गोरु घुमाएर दाइँ लाउने,धान स्वाहार्ने चटारोमा छन्। किसानहरू एकआपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य देख्न पाइन्छ। संखुवासभामा पछिल्लो समय गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ।गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो। गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्। जसका कारण पहिलेजस्तो मियोमा गोरु घुम

संस्कृति लोप हुँदै गएकोप्रति नेवार समुदाय चिन्तित

काठमाडौं । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम […]

म्याग्दीमा हराउन थाल्यो पर्मको परम्परा

२४ असार, गलेश्वर ।  एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन् । धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म […]

देउसी भैलीको मौलिकपन जोगाउनै मुस्किल

लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोप हुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरि घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।

तराई–मधेशमा झिझिया लोप हुँदै

रौतहट : तराई मधेशमा दशैँको अवसरमा महिलाले देखाउने साझा लोक संस्कृति झिझिया लोप हुन थालेको छ। नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया तराई मधेशका गाउँघरमा समेत खेल्न बन्द  हुन थालेको छ।एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ।प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति

लोप हुँदै बेठी परम्परा

केहीदशक अघीसम्म बेसीखेतहरूमा तामझामका साथ बेठी लगाएर रोपाइँ गर्ने गरिन्थ्यो ।बेठीलगाएर धान रोप्ने चलन पुरानो परम्परा हो । पहाडी क्षेत्रका ग्रामीण भेगका बेसीहरूमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।नौमती बाजाबजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको […]

लोप हुँदैछ पिङ

लमजुङ– हिन्दूमात्रको माहान पर्व दशैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दशैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने […]

डिजिटल युगले लोप हुँदै चङ्गाको व्यापार

केही वर्ष अघिसम्म दसैं सुरु हुनुअगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुने गरेको भए पनि पछिल्ला वर्ष चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएकोमा व्यवसायी चिन्तित छन्।...