धनकुटा : पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपी, कला र संस्कृति छ। धान नाच लिम्बू समुदायको मौलिक र लोकप्रिय संस्कृति हो।तर, पछिल्लो पुस्ताले आफ्नो समुदायको मौलिक संस्कृति धान नाचमा चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।१०/१२ वर्ष पहिले स्थानीय गाउँघरमा विभिन्न अवसरमा लाग्ने मेलापातमा जताततै देखिने लिम्बूको मौलिक नाच हिजोआज देखिन छाडेको छ।धान नाच पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङसहित भारतको सिक्किम, दार्जिलिङ, सुकिया पोखरी र