लिम्बू समुदायको दशैं मान्ने परम्परा लोपहुँदै

फुङ्लिङ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैं मार हन्ने र धुमधामसँग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैं मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैं परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दशैं मान्ने संस्कृति पनि लोपहुँदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैंपर्व मनाउने गरेको पाइन्छ । हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन् । गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैं पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैं पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ । आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैंपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दशैंपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दशैं सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् । किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताउनुभयो । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ । शुरूमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् । लिम्बूलाई शुरूमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताउनुभयो । पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दशैंमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

सम्बन्धित सामग्री

लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा- पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबले लान्द्रुक दशैं मेला आयोजना गरेको हो । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला सञ्चालन हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको […]

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।...

आहा त्यो दशैं, अनि यो दशैं (चित्रकथा)

केटाकेटीहरु उन्मुक्त रमाइरहेका छन् । कोही चङ्गा उडाउँदैछन्, कोही डमरु बजाउँदैछन्, कोही लंगुर बुर्जामा झुम्मिएका छन्, कोही रिङ गुडाउँदैछन् । कति आनन्ददायक वाल्यकाल । डा. राजेन्द्र कोजुले बनाएको यो चित्रले ग्रामिण समाजमा बालबालिकाले दशैं मनाइरहेको छनक दिन्छ । चित्रमा लेखिएको छ, त्यो दशैं । अर्थात यो सुदूर अतितको स्मृति–चित्र हो । त्यसैसँग अर्को चित्र पनि […]

दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक

दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन

दशैं कस्तो भो?

दशैं सकिएसँगै नियमित रुपमा कार्यालय खुल्यो। १०/१२ दिनका लागि टाढा भएका साथी र सहपाठीहरुसँग भेट्ने बित्तिक्कै प्रश्न ओइरियो, ‘कस्तो भो दशैं?’...

त्यो दशैं, अनि यो दशैं !

दशैंं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडबाडहरू बाल्यकालमै रमाइला ।  बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सधैँभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सधैँभरि बाहिर जाने अनि डुल्ने बुवा फूलपातिदेखि घरमै बस्नुहुन्थ्यो । भाउजूहरू आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाउँभरिका साथीहरू पिङ्गमा झुमिन्थे । हामीहरू पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।  स्कूल जान नपर्ने भएपछि दशैंंमा अर्को रमाइलो थपिन्थ्यो । स्कूल बिदा भएपछि गु...

दशैं सम्झाउने सदाबहार गीत

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड हो दशैं। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्नै छँदै छ। दशैं नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैंसँग जोडिएका हुन्छन्। जसरी तपाईं जोडिनुभएको छ।तपाईंलाई दशैं आएको कुरा कसरी थाहा हुन्छ? हुनत हरेक वर्ष आउने चाड हो। तै पनि अब चाहिँ नजिकै आयो है भन्ने कुरा कसरी थाहा हुन्छ? पात्रो हेरिन्छ‚ दिन गनिन्छ त्यही पनि अब चाहिँ दशैं साँच्चिकै आएछ है भन्ने महसुस कसरी हुन्छ?जब शुभबिहानी भन्दै सेतो कुहिरो आउँछ, आधा बाहुले कपडा लगाउँदा चिसो चि

यस बर्ष सांसदले पाएनन् दशैं भत्ता

१९ असोज, काठमाडौं । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता […]

चैते दशैं : चार दशैंमध्ये कति छ यसको महत्व ?

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविद् विनोदराज शर्माका अनुसार एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा […]