पाँचथर – लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ ।
पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो । पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तर...