‘हेल्लो सरकार’द्वारा गुनासो सम्बोधन जारी

कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी (लकडाउन) का बेला हेल्लो सरकारले गुनासो लिने र सुनुवाइका लागि सिफारिस गर्ने काम निरन्तर गरिरहेको छ । कर्मचारी कार्यालयमा आउन नसके पनि घरबाटै काम गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेल्लो सरकार शाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

श्रमसम्बन्धी गुनासो सम्बोधन गर्न कार्यविधि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि–२०८१ जारी गरेको छ । श्रम, रोजगारसँग सम्बन्धी सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले उक्त कार्यविधि जारी गरेको हो । मन्त्रालयले श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउने गरी गत वैशाख १२ गते कार्यविधि स्वीकृति भएकाले सोही दिनबाट लागु हुने छ । कार्यविधिमा श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकको समस्या जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट सङ्कलन गरी सम्बन्धित निकायसम्म पु¥याएर समाधान गर्ने सुविधा हुने छ ।

बाँकेमा निरन्तर बजार अनुगमन जारी

बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रि - ओपन सेसनमा मूल्य २ % मात्र घटबढ गर्न पाइने

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि - ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ । अहिले शेयर बजार खुल्नु अघि १० : ३० बजेदेखि १० : ४५ सम्म प्रि- ओपन सेसन खुला हुन्छ । बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि - ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशतमा  झारेको हो । यसभन्दा अगाडि प्रि -ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो । प्रि - ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको हो ।  प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ । साथै छिमेकी देश लगायत अन्तरराष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरेको हो  । जसबाट खरीदकर्ता र विक्रेताले प्रतिस्पर्धि मूल्यमा धितोपत्र खरीदविक्री गर्न सक्नुका साथै करोबारमा समेत वृद्धि हुने बोर्डले बताएको छ ।   साथै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा रू. १ रहेकोमा सोलाई घटाई १० पैसा कायम गर्ने गरी धितोपत्र कारोबार सञ्चालन विनिमावली २०७५ को दोस्रो संशोधन स्वीकृत गरेको छ । उपरोक्त व्यवस्थामा कार्यन्वयनमा आएपछि प्रारम्भिक कारोबार थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्छन् जसबाट दोस्रो बजार कारोबार थप लगानीमैत्री हुने पनि बोर्डले बताएको छ । साथै बोर्डले परिवर्तित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई समेत निर्देशन दिएको छ ।

क्यूआर कोड भुक्तानीको मापदण्ड तयार

पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि यसको मापदण्ड तयार भएको छ । क्यूआर कोडबाट हुने भुक्तानी बढेपछि नेपाल राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण तथा नियमन गर्न ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो । मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम÷नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा÷गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्रान्डिङलगायतका विषय समेटिएको छ ।

नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको …