पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स (क्यूआर) कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि यसको मापदण्ड तयार भएको छ ।
क्यूआर कोडबाट हुने भुक्तानी बढेपछि नेपाल राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण तथा नियमन गर्न ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो । मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम÷नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा÷गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्रान्डिङलगायतका विषय समेटिएको छ ।