भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति : कुलमान आफैँ फिल्डमा

काठमाण्डाै - चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ । अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुग्नुभएको थियो । हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गर्नुभएको प्राधिकरणले जनाएको छ । बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहर...

सम्बन्धित सामग्री

विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि आवश्यक

काठमाडौं  । नेपालमा विद्युत् प्रसारण लाइनको क्षमता बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । कम क्षमताका विद्युत् प्रसारण लाइनका कारण उद्योग कलकारखानाले आवश्यक बिजुली नपाउने र कतिपय स्थानमा उत्पादित विद्युत् खेर जाने स्थिति रहेकाले प्रसारण लाइनको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता महसूस भएको हो ।  केही समयअघि वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीहरू उद्योग कलकारखानाका लागि आवश्यक बिजुली नपाएको भन्दै आन्दोलित बनेका थिए । उनीहरूले नेपाल विद्युत् प्राधिकरणमाथि विद्युत् आतंक मच्चाएको आरोपसमेत लगाए । प्राधिकरणले विनासूचना ८ देखि १२ घण्टासम्म लोडशेडिङ गर्दा आफ्नो उद्योगधन्दा धराशयी भएको कोरिडोर क्षेत्रका व्यवसायीको भनाइ थियो ।  यही विषयलाई लिएर वैशाख १० गते आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण लाइनको कम क्षमताका कारण लोडशेडिङ गर्नुपर्ने बाध्यता आएको स्पष्टीकरण दिए । नदी प्रवाहमा आधारित नेपालका अधिकांश आयोजनामा पानीको बहाव कम भएकाले विद्युत्को आन्तरिक उत्पादन घटेको र भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढाउन ढल्केवरपूर्वको प्रसारण लाइनले नधानेको उनको भनाइ थियो ।  कार्यकारी निर्देशक घिसिङले ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण भइसकेपछि यो क्षेत्रमा समस्या नरहने बताए । तर, निर्माणको चरणमा रहेका यी प्रसारण लाइनको काम विभिन्न अवरोधले लामो समयदेखि पूरा हुन सकेको छैन ।  वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीले विद्युत् प्रसारण लाइनका कारण लोडशेडिङको मार खेप्नुपरेको घटना त एउटा उदाहरण मात्रै हो । नेपालको विभिन्न क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनसम्म पुर्‍याउँदा, नेपालको बिजुली भारत निर्यात गर्दा एवं भारतबाट आयात गर्दा प्रसारण लाइन र ओभरलोडसम्बन्धी समस्या समयसमयमा आउने गरेको छ ।  गत वर्षायाममा निजीक्षेत्रका उद्यमीले नेपाल विद्युत् प्राधिकरणले आफूले उत्पादन गरेको बिजुली नकिन्दा १ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको गुनासो गरेका थिए । बिजुली खेर जानुमा प्रसारण लाइनको क्षमताले नधान्नु प्रमुख कारक रहेको बताइन्छ । यस्तै उत्पादन गृहसम्म राष्ट्रिय प्रसारण लाइन नपुग्नाले पनि समस्या हुने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अधिकारी बताउँछन् ।  इप्पान उपाध्यक्ष आशिष गर्ग विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि एवं सञ्जाल विस्तारमा तीव्रता दिन ढिला भइसकेको बताउँछन् । ‘विद्युत् प्रसारण लाइनको कम क्षमताले असजिलो भइरहेको छ । कतिपय अवस्थामा जलविद्युत् आयोजना बनिसक्दा पनि प्रसारण लाइन निर्माण पूरा नहुने समस्या छ । प्रसारण लाइन भएको अवस्थामा पनि क्षमताले नधान्दा बिजुली खेर गइरहेको छ,’ उनले भने । मुलुकभित्रको विद्युत् प्रसारण लाइन एकआपसमा नजोडिएकाले पनि एक ठाउँको उत्पादन सबैतिर पुर्‍याउन असहज भइरहेको उपाध्यक्ष गर्गको भनाइ छ । उनका अनुसार विद्युत् प्राधिकरणको सीमित क्षमताले प्रसारण लाइन निर्माणमा तीव्रता आउन नसकेको कुरा गरिन्छ । तर, निजीक्षेत्रले वर्षौंदेखि प्रसारण लाइन निर्माणमा सहभागी गराउन गरेको आग्रह सरकारले सुनेको छैन । सरकारले प्रसारण लाइन निर्माण यही गतिमा अघि बढाए आगामी दिनमा पनि अहिलेको समस्या दोहोरिने चिन्ता उनले व्यक्त गरे । नेपालको विद्युत् प्रसारण लाइनबारे जानकार हरराज न्यौपाने अहिलेको प्रसारण लाइन अपुग भएकाले चाहिएजति बिजुली आपूर्ति हुन नसकेको बताउँछन् । निर्माणाधीन प्रसारण लाइन बनेपछि मात्रै बिजुली आपूर्ति सहज हुने उनले बताए । ‘विभिन्न ठाउँमा थप प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेको ओभरलोडको समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुने समय कुर्नुपर्ने हुन्छ,’ न्यौपानेले भने ।  विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई पनि प्रसारण लाइनको कम क्षमता अहिलेको समस्या रहेको स्वीकार्छन् । विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण गरिरहेकाले लामो समयसम्म यो समस्या नरहने प्रवक्ता भट्टराईले बताए ।  जलविद्युत् एवं प्रसारण क्षेत्रका जानकारहरूले लाइन निर्माणको क्रममा जमीन अतिक्रमण, वनको समस्या, स्थानीयको अवरोध, ठेकेदारको लापरबाही र अदालतको आदेशजस्ता कारणले ढिलाइ हुने गरेको बताएका छन् ।

विद्युत् संकटको संकेत

कोइलाको मूल्य बढेपछि यसमा निर्भर भारतीय विद्युत् महँगो हुँदा नेपाल विद्युत् प्राधिकरणलाई यतिखेर विद्युत् खरीदमा समस्या परेको छ, जसले गर्दा फेरि लोडशेडिङ हुने त होइन भन्ने आशंका बढ्न थालेको छ । भारतबाट हुने विद्युत् आपूर्तिमा समस्या भएपछि अकस्मात् बिजुली जाने क्रम बढेको छ । अघिल्लो महीनासम्म विद्युत् खेर गएको भन्दै कोकोहोलो मच्चाइरहेको प्राधिकरण अहिले आपूर्ति नियमित गर्न समस्या हुने बताउन थालेको छ । यसले नेपालको विद्युत् उत्पादन र वितरण प्रणाली व्यवस्थित र योजनाबद्ध नभएको तथ्यलाई उजागर गर्छ । विद्युत् निर्यात गरेर धनी बन्ने सपना देखिरहेको नेपालका लागि अहिलेको संकट ठूलो झट्का हो । त्यसैले आयातित विद्युत्ले होइन, आफ्नै उत्पादनले आपूर्ति व्यवस्था मिलाउन सक्नुपर्छ । विगतमा दैनिक १८ घण्टाभन्दा बढी समय लोडशेडिङ हुने गरेको थियो । माग र आपूर्तिको सन्तुलन नमिल्दा बिजुली संकट यति भयावह थियो कि संकटकाल लगाएर भए पनि बिजुली उत्पादन बढाउन माग हुन थालेको थियो । तर, प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि लोडशेडिङको युग अन्त्य गरेको भन्दै उनको निकै प्रशंसा पनि भएको थियो । तर, भारतबाट किनेर ल्याएको बिजुलीका कारण अन्त्य भएको लोडशेडिङ अहिले फेरि समस्यामा पर्ने देखिएको छ । नेपालले यस्तो अवस्था आउन सक्छ भन्ने अडकल काटेर नै ऊर्जा सम्मिश्रणको नीति लिएको देखिन्छ । नदीप्रवाही, जलाशय, अर्धजलाशय, सौर्य आदिबाट उत्पादित बिजुलीको सन्तुलन मिलाउने भनिए पनि जलाशययुक्त आयोजना अघि बढ्न सकेका छैनन् । चिनी कारखानाबाट उत्पादित बिजुली लिने प्रक्रिया पनि अगाडि बढेको छैन । एकातिर बर्खा याममा बिजुली खेर जाने गरेको छ भने अर्कातिर सुक्खा याममा भारतबाट किनेको बिजुलीबाट आपूर्ति व्यवस्थापन गर्ने गरिएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि विकसित घटनाक्रमले कोइला र डिजेलको भाउमा उच्च वृद्धि भएपछि जलविद्युत्को महत्त्व बढेको छ । तर, आगो लागेपछि कुवा खन्ने प्रवृत्ति नेपालको प्रशासनिक क्षेत्रमा रहेकाले भारतले बिजुली आपूर्ति रोकेपछि विकल्प खोज्ने कुरा उठ्न थालेको छ । विद्युत्को माग कति हुन्छ, त्यसको आपूर्तिका लागि कति उत्पादन बढाउने जस्ता योजना बनाउन प्राधिकरण चुकेको देखिन्छ । प्रसारणलाइन नभएकाले विद्युत् उत्पादनसमेत प्रभावित बनेको छ । यही कारण प्राधिकरणले पीपीए प्रक्रियासमेत स्थगित गरेको देखिन्छ । विद्युत् उत्पादनमा प्राधिकरणमात्रै होइन सरकारको पनि दूरदृष्टि रहेको देखिँदैन । जलाशययुक्त आयोजना आवश्यक छ भनेर तयारी थालेपछि बूढीगण्डकी शुरू गर्न हतार गर्नुपर्ने थियो । तर, अझै यो आयोजना कहिले शुरू हुन्छ र कसले बनाउँछ भन्ने ठोस निर्णय भएको पाइँदैन । आयोजना निर्माण शुरू गर्न ढिलाइ गर्दा यसको लागत निकै बढी सकेको छ । अन्य जलाशययुक्त आयोजनाको हालत पनि यस्तै छ । माग र आपूर्तिमा आउने ठूलो उतारचढावलाई सम्बोधन गर्न सरकारले त्यसैअनुसार आयोजनाहरू बनाउन दिनुपर्ने हो । निजीक्षेत्रलाई पनि जलाशययुक्त आयोजना बनाउन प्रोत्साहित गर्नुपर्ने हो । तर, त्यसो हुन नसक्दा अहिलेको संकट आएको हो । यो संकटले उद्योग क्षेत्र मर्कामा परेको छ । नेपालमा बिजुली पर्याप्त उपलब्ध हुन थालेको छ भन्ने सकारात्मक सन्देशले उद्योगहरूमा लगानी बढ्न थालेको छ तर यही बेला विद्युत् आपूर्तिमा समस्या आउँदा लगानी नआउने सम्भावना बढी देखिन्छ । त्यसैले प्राधिकरणको व्यवस्थापन सुधार आवश्यक छ । उत्पादन, प्रसारण र वितरण प्रणाली बलियो नबनाएसम्म नेपालमा विद्युत् आपूर्तिमा समस्या आइरहने छ । नेपालले आपूर्ति गरिरहेको विद्युत्मा आयातित बिजुलीको अंश झन्डै ४५ प्रतिशत रहेको छ भनिन्छ । त्यसैले नेपालले आफ्नो सबै सामथ्र्य विद्युत् उत्पादन र वितरणमा लगाउनु जरुरी छ । यसो भएमा औद्योगिक वातावरण बन्ने मात्र होइन, व्यापारघाटा कम गर्न समेत मद्दत मिल्ने देखिन्छ । विद्युत् निर्यात गरेर धनी बन्ने सपना देखिरहेको नेपालका लागि अहिलेको संकट ठूलो झट्का हो । त्यसैले आयातित विद्युत्ले होइन आफ्नै उत्पादनले आपूर्ति व्यवस्था मिलाउन सक्नुपर्छ । ऊर्जा सम्मिश्रण नीतिअनुसार विद्युत् उत्पादन बढाउने नीतितर्फ लाग्न ढिला गर्नु हुँदैन । जतिसक्दो छिटो विद्युत् उत्पादनलाई जोड दियो उति नै अवस्था सहज बन्दै जाने हो । भारतमा कोइलाबाट उत्पादित विद्युत् उपभोग गर्दा नेपालमा मात्र नभई त्यहाँका उपभोक्ताले पनि महँगोमा खरीद गर्न बाध्य छन् । यदि नेपालमा यतिखेर विद्युत् उत्पादन भएको भए नेपालीले मात्र नभई भारतमा समेत सस्तो विद्युत् उपयोग हुन सक्थ्यो । बरु अहिलेको संकटले सीमापार विद्युत् व्यापारमा निजीक्षेत्रलाई पनि सहभागी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न निर्देशन

व्यवसायीहरूले उद्योग, कलकारखानामा मंगलबारदेखी बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् ।बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति र बितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका थिए । त्यसक्रममा हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न […]

१३२ केभीबाट विद्युत् लिन आग्रह

उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गर्नुभएको हो । सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्ने हुन्छ ।

१३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान

उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेका हुन् ।सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत्

भान्साकोठामा विद्युतीय चुल्हो : खर्च र ग्यास विस्थापनको उपयुक्त विकल्प

काठमाडौं । लामो समय लोडसेडिङ भोगिरहेका हामीलाई चौबीसै घन्टा बिजुली उपलब्ध गराएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्राधिकरण आबद्ध पदाधिकारीले बेलाबखत भन्ने गरेका छन्, ‘अब बिजुली खपत बढाउनुपर्छ किनकि हामीसँग पर्याप्त बिजुली छ ।’ दैनिक जीवनको अत्यावश्यक चीजमध्येको एक बिजुलीमा देश आत्मनिर्भर छ भन्न पाउनु खुसीकै कुरा हो । अहिले जाडोयाममा नदीनालामा पानीको सतह घट्न गई बिजुली कम उत्पादन हुने र लोडसेडिङको सम्भावना हुने समयसमेत नेपालको बिजुली भारत निर्यात भइरहेको खबरले जोसुकैलाई हर्षित बनाएको छ । यसै मेसोमा विद्युत प्राधिकरणले उक्साएझैं हामी आफैं पनि घरमा गरिने अन्य काममा जस्तै खाना पकाउन पनि विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोग गर्न सक्छौं । बिजुलीको खपत बढाउने मात्र नभई बाह्य मुलुकबाट आयात हुने ग्यास प्रयोग कम गरेर एउटा सकारात्मक अभियानको हिस्सा बन्न सकिन्छ । बिजुलीबाट हामी दैनिक जीवनका अनेक काम गर्दछौं । तीमध्ये एक हो– भान्साको काममा बिजुली उपयोग । विनासकारी भूकम्पलगत्तै नेपालीले भोगेको नाकाबन्दीको नमीठो स्मरण अझै ताजै छ । त्यतिबेला खाना पकाउने एलपी ग्यास अभाव भएपछि विद्युतीय चुल्हो किन्न तँछाडमछाड हुन गई बजारमा यसको अभाव हुन गएको थियो । भारतीय नाकाबन्दीको कारण बिरलै सुनिने इन्डक्सन चुल्होको चर्चासँगै उपयोगबारे मानिसले पनि थाहा पाएका थिए । त्यसपछि नै बजारमा विस्तारै विद्युतीय चुल्हो र त्यसमा खाना पकाउन मिल्ने भाँडाको उपलब्धता पनि बढ्दै गएको हो । पछिल्लो समय सुपरमार्केट, विद्युतीय सामग्रीका पसल तथा भाँडा पसलहरूमा विद्युतीय चुल्हो तथा आवश्यक भाँडा सहज किन्न सकिन्छ । विद्युतीय चुल्हो सानो परिवारको भान्सालाई हुने एउटा वा दुई वटा बर्नरदेखि रेस्टुरेन्ट वा धेरैलाई पकाउन मिल्ने दुईभन्दा बढी बर्नर भएको पनि पाइन्छ । विद्युतीय चुल्होमा करेन्ट नलाग्ने, पानी वा झोल पोखिए पनि चुल्होको आन्तरिक भागमा नजाने गरी सुरक्षित तरिकाले बनाइको हुन्छ । आफ्नो इच्छा वा सम्बन्धित परिकार पकाउन आवश्यक तापमानअनुसार तामक्रम घटाउन/बढाउन मिल्ले सजिलो टचस्क्रिन बटन व्यवस्था हुनाले प्रयोग गर्न सरल हुन्छ । आवश्यक्ताअनुसार तापमानको साथमा परिकार तयार हुन लाग्ने समयको संकेतसमेत दिने टाइमरको पनि व्यवस्था हुँदा सही तरिकाले निश्चित समयभित्र परिकार पकाउन सकिन्छ । विद्युतीय चुल्होमा खाना पकाउन प्रयोग हुने भाँडा अन्य सामान्य भाँडाजस्तै स्टेनलेस स्टिल आदिबाट बनेको भए पनि करेन्ट नलाग्ने प्रोटेक्टिभ लेयर प्रयोग गरेर तयार गरिएका हुन्छन् । खाना वा दाल पकाउने पे्रसरकुकर, तरकारीका लागि कराई, डेक्ची आदि भाँडा यस्ता विशेष प्रविधि प्रयोग गरेर बनाइएको पाइन्छ । यी भाँडा विद्युतीय चुल्होमा मात्र नभई सामान्य ग्यास चुल्होमा पनि प्रयोग गर्न सकिन्छ । सहरबजार र एलपी ग्यास सहजै उपलब्ध हुने ठाउँमा अझै पनि एलपी ग्यासकै चुल्होमा खाना पकाउने चलन छ । खाना पकाउँदा एलपी ग्यास वा इन्डक्सन चुल्हो कुनचाहिँ खर्चको दृष्टिले मितव्ययी हुन सक्ला भन्ने विषयमा आधिकारिक जानकारी पाउन मुस्किल भए पनि इन्जिनियरिङ इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा ऊर्जा विशेषज्ञ अमृतमान नकर्मीले गरेको एक अध्ययनसम्बन्धी गत नोभेम्बरमा एक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार इन्डक्सन चुल्होमा खाना पकाउँदा ग्यास चुल्होमा भन्दा झन्डै ५० प्रतिशत कम खर्च हुने जनाइएको छ । उक्त अध्ययनलाई आधार मान्दा इन्डक्सन चुल्होमा खाना पकाउन सजिलो, सुरक्षित, छिटो मात्र नभई खर्चसमेत बचाउन सकिने देखिन्छ । एक दशकदेखि नेपालमा इन्डक्सन चुल्हो आयात गरी व्यवसाय गरिरहेको हाम्रो इन्डक्सन प्रालि महाबौद्धका प्रतिनिधि तृष्णा शाक्यका अनुसार इन्डक्सन चुल्होप्रति आममानिसको चासो र लगाव बढ्दै गएको छ । हरेक दिन पसल पुग्ने ग्राहकबाहेक फोनमार्फत पनि जानकारी लिई इन्डक्सन खरिद गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । उनका अनुसार चालू कोभिड महामारीका कारण मागअनुसार इन्डक्सन चुल्हो पुर्‍याउन इन्डक्सन व्यवसायीलाई धौधौ परिरहेको छ । यसबाट इन्डक्सन चुल्होप्रति आममानिसको चासो तथा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । अझै पनि आक्कलझुक्कल मौसम वा मर्मतसम्भार आदिका कारण बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा अहिले पनि हटेको छैन । त्यसैले पूर्णतः विद्युतीय चुल्होमै खाना पकाउने निर्णय गरिहाल्नु हतारो हुन सक्छ । तर, इन्डक्सन चुल्होलाई भान्साको काम छिटोछरितो सम्पन्न गर्न तथा अपर्झट ग्यास अभाव हुँदा उपयोग गर्दै स्मार्ट कुकिङतर्फ अग्रसर हुन एवं बिजुली खपत बढाउँदै इन्धनको नाममा देशबाट बाहिरिने रकम जोगाउन भूमिका खेल्न भने अवश्य सकिन्छ ।

होङ्शी सिमेन्टले पायाे मागेजति बिजुली

नवलपरासी – चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई हिजाे शनिवारदेखि बिजुली आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेशन हिजाे राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ...

औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो

नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । यो वर्ष उत्पादन थपिएको, भएका आयोजनाको किफायति संचालन तथा व्यवस्थापनकै कारण औद्योगिक क्षेत्रमा २४ घण्टा बिजुली आपूर्ति हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट…

ट्रान्सर्फमर फेर्दा बानेश्वर र भक्तपुर क्षेत्रमा बिजुली आपूर्ति रोकियो

२३ पुस, काठमाडौं । शनिबार कोटेश्वर, बानेश्वर, चावाहिल भक्तपुर जस्ता क्षेत्रमा बेलाबेलामा लाइन गयो । बेलाबेलामा जाने र आउने गरेका कारण केहिले लोडसेडिङ भएको अड्कालबाजी गरे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेर्न लागेका कारण उपत्यकाका केहि स्थानमा बिद्युत काटिएको थियो …