१३२ केभीबाट विद्युत् लिन आग्रह

उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गर्नुभएको हो । सो औद्योगिक कोरिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीमा जोडिन आग्रह गरिएको छ । यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्ने हुन्छ ।

सम्बन्धित सामग्री

स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्न सभामुख घिमिरेको आग्रह

पाटन– सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गरेका छन् ।  सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले समुदायलाई संगठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे । ‘दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई […]

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलवार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ । ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक ब...

नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात गर्न भारतको सहयोग अनिवार्य हुने हुनाले बंगलादेशले नेपाल र...

बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह

बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरेका हुन् । नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिस

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गरेका हुन् । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र […]

गण्डकी प्रदेशमा सञ्चालित विद्युत् आयोजनाकाे निर्माणमा सहजीकरण गरिदिन आग्रह

काठमाण्डौ  - नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरुमा सञ्चालित विद्युत् प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ। प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव रविलाल पन्थसँग शनिवार पोखरामा छलफल गरी त्यस प्रदेशमा सञ्चालित विद्युतका आयोजनाको जानकारी गराएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रसारण र वितरणतर्फका आयोजना, आयोज...

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ।...

पोल भाडा बक्यौता भुक्तानी गर्न विद्युत् प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टीभि सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो । पोलभाडा बक्यौता रकम भुक्तानीका लागि वैशाख मसान्तसम्मको समय तोकिएको […]

विद्युत् नपाएर उद्योग नै नचल्ने भन्ने शङ्का नगर्नुहाेस् : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्कारहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी छन् । बिहीबार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्ति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो की भन्ने शङ्का रहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् । उनले विभिन्न उद्योगमा विद्युत् आपूर्तिका समस्याहरू रहेको तर, प्राधिकरणले समस्या स