उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर लोडसेडिङ सुरू भएको हल्ला सही नभएको जानकारी दिएको हो ।कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’ उनले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताए ।हिजो देखिएको समस्य