भान्साकोठामा विद्युतीय चुल्हो : खर्च र ग्यास विस्थापनको उपयुक्त विकल्प

काठमाडौं । लामो समय लोडसेडिङ भोगिरहेका हामीलाई चौबीसै घन्टा बिजुली उपलब्ध गराएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्राधिकरण आबद्ध पदाधिकारीले बेलाबखत भन्ने गरेका छन्, ‘अब बिजुली खपत बढाउनुपर्छ किनकि हामीसँग पर्याप्त बिजुली छ ।’ दैनिक जीवनको अत्यावश्यक चीजमध्येको एक बिजुलीमा देश आत्मनिर्भर छ भन्न पाउनु खुसीकै कुरा हो । अहिले जाडोयाममा नदीनालामा पानीको सतह घट्न गई बिजुली कम उत्पादन हुने र लोडसेडिङको सम्भावना हुने समयसमेत नेपालको बिजुली भारत निर्यात भइरहेको खबरले जोसुकैलाई हर्षित बनाएको छ । यसै मेसोमा विद्युत प्राधिकरणले उक्साएझैं हामी आफैं पनि घरमा गरिने अन्य काममा जस्तै खाना पकाउन पनि विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोग गर्न सक्छौं । बिजुलीको खपत बढाउने मात्र नभई बाह्य मुलुकबाट आयात हुने ग्यास प्रयोग कम गरेर एउटा सकारात्मक अभियानको हिस्सा बन्न सकिन्छ । बिजुलीबाट हामी दैनिक जीवनका अनेक काम गर्दछौं । तीमध्ये एक हो– भान्साको काममा बिजुली उपयोग । विनासकारी भूकम्पलगत्तै नेपालीले भोगेको नाकाबन्दीको नमीठो स्मरण अझै ताजै छ । त्यतिबेला खाना पकाउने एलपी ग्यास अभाव भएपछि विद्युतीय चुल्हो किन्न तँछाडमछाड हुन गई बजारमा यसको अभाव हुन गएको थियो । भारतीय नाकाबन्दीको कारण बिरलै सुनिने इन्डक्सन चुल्होको चर्चासँगै उपयोगबारे मानिसले पनि थाहा पाएका थिए । त्यसपछि नै बजारमा विस्तारै विद्युतीय चुल्हो र त्यसमा खाना पकाउन मिल्ने भाँडाको उपलब्धता पनि बढ्दै गएको हो । पछिल्लो समय सुपरमार्केट, विद्युतीय सामग्रीका पसल तथा भाँडा पसलहरूमा विद्युतीय चुल्हो तथा आवश्यक भाँडा सहज किन्न सकिन्छ । विद्युतीय चुल्हो सानो परिवारको भान्सालाई हुने एउटा वा दुई वटा बर्नरदेखि रेस्टुरेन्ट वा धेरैलाई पकाउन मिल्ने दुईभन्दा बढी बर्नर भएको पनि पाइन्छ । विद्युतीय चुल्होमा करेन्ट नलाग्ने, पानी वा झोल पोखिए पनि चुल्होको आन्तरिक भागमा नजाने गरी सुरक्षित तरिकाले बनाइको हुन्छ । आफ्नो इच्छा वा सम्बन्धित परिकार पकाउन आवश्यक तापमानअनुसार तामक्रम घटाउन/बढाउन मिल्ले सजिलो टचस्क्रिन बटन व्यवस्था हुनाले प्रयोग गर्न सरल हुन्छ । आवश्यक्ताअनुसार तापमानको साथमा परिकार तयार हुन लाग्ने समयको संकेतसमेत दिने टाइमरको पनि व्यवस्था हुँदा सही तरिकाले निश्चित समयभित्र परिकार पकाउन सकिन्छ । विद्युतीय चुल्होमा खाना पकाउन प्रयोग हुने भाँडा अन्य सामान्य भाँडाजस्तै स्टेनलेस स्टिल आदिबाट बनेको भए पनि करेन्ट नलाग्ने प्रोटेक्टिभ लेयर प्रयोग गरेर तयार गरिएका हुन्छन् । खाना वा दाल पकाउने पे्रसरकुकर, तरकारीका लागि कराई, डेक्ची आदि भाँडा यस्ता विशेष प्रविधि प्रयोग गरेर बनाइएको पाइन्छ । यी भाँडा विद्युतीय चुल्होमा मात्र नभई सामान्य ग्यास चुल्होमा पनि प्रयोग गर्न सकिन्छ । सहरबजार र एलपी ग्यास सहजै उपलब्ध हुने ठाउँमा अझै पनि एलपी ग्यासकै चुल्होमा खाना पकाउने चलन छ । खाना पकाउँदा एलपी ग्यास वा इन्डक्सन चुल्हो कुनचाहिँ खर्चको दृष्टिले मितव्ययी हुन सक्ला भन्ने विषयमा आधिकारिक जानकारी पाउन मुस्किल भए पनि इन्जिनियरिङ इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा ऊर्जा विशेषज्ञ अमृतमान नकर्मीले गरेको एक अध्ययनसम्बन्धी गत नोभेम्बरमा एक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार इन्डक्सन चुल्होमा खाना पकाउँदा ग्यास चुल्होमा भन्दा झन्डै ५० प्रतिशत कम खर्च हुने जनाइएको छ । उक्त अध्ययनलाई आधार मान्दा इन्डक्सन चुल्होमा खाना पकाउन सजिलो, सुरक्षित, छिटो मात्र नभई खर्चसमेत बचाउन सकिने देखिन्छ । एक दशकदेखि नेपालमा इन्डक्सन चुल्हो आयात गरी व्यवसाय गरिरहेको हाम्रो इन्डक्सन प्रालि महाबौद्धका प्रतिनिधि तृष्णा शाक्यका अनुसार इन्डक्सन चुल्होप्रति आममानिसको चासो र लगाव बढ्दै गएको छ । हरेक दिन पसल पुग्ने ग्राहकबाहेक फोनमार्फत पनि जानकारी लिई इन्डक्सन खरिद गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । उनका अनुसार चालू कोभिड महामारीका कारण मागअनुसार इन्डक्सन चुल्हो पुर्‍याउन इन्डक्सन व्यवसायीलाई धौधौ परिरहेको छ । यसबाट इन्डक्सन चुल्होप्रति आममानिसको चासो तथा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । अझै पनि आक्कलझुक्कल मौसम वा मर्मतसम्भार आदिका कारण बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा अहिले पनि हटेको छैन । त्यसैले पूर्णतः विद्युतीय चुल्होमै खाना पकाउने निर्णय गरिहाल्नु हतारो हुन सक्छ । तर, इन्डक्सन चुल्होलाई भान्साको काम छिटोछरितो सम्पन्न गर्न तथा अपर्झट ग्यास अभाव हुँदा उपयोग गर्दै स्मार्ट कुकिङतर्फ अग्रसर हुन एवं बिजुली खपत बढाउँदै इन्धनको नाममा देशबाट बाहिरिने रकम जोगाउन भूमिका खेल्न भने अवश्य सकिन्छ ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

काठमाडौं। विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरिएको छ। सरकारले असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने निर्णय गरेको छ। बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले आज पनि अवरोध गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का वर्षाको सम्भावना रहेको छ। चितवनमा भेटियो नयाँ प्रजातिको चरा भेटिएको छ।

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

२५ जेठ, काठमाडौं । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको […]

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

‘एक घर एक विद्युतीय चुल्हो’

सरकारले ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइबार आगामी वर्षको बजेट संसदमा पेस पर्दै ‘एक परिवार एक विद्युतीय चुल्हो’ वितरणको लागि बजेट विनियोजन भएको...

प्रत्येक परिवारलाई अनुदानमा एक थान विद्युतीय चुल्हो

१५ जेठ, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा एक थान विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनादर्शन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो

१० जेठ, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको प्रतिनिधिमण्डलले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए […]

विद्युतीय चुल्हो र गाडीमा अनुदान दिन्छौं :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले अनुदान दिने बताएका हुन्। 'नेपालमा विद्युत पर्याप्त छ। ब्याट्रीहरुबाट गाडी चलाउन सक्छौं। इलेक्ट्रिक चुल्हो हुन सक्छ,' उनले भने, 'तपाईंहरु लाग्नुस्, अनुदान…

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् ।ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।” ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बो