विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि आवश्यक

काठमाडौं  । नेपालमा विद्युत् प्रसारण लाइनको क्षमता बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । कम क्षमताका विद्युत् प्रसारण लाइनका कारण उद्योग कलकारखानाले आवश्यक बिजुली नपाउने र कतिपय स्थानमा उत्पादित विद्युत् खेर जाने स्थिति रहेकाले प्रसारण लाइनको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता महसूस भएको हो ।  केही समयअघि वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीहरू उद्योग कलकारखानाका लागि आवश्यक बिजुली नपाएको भन्दै आन्दोलित बनेका थिए । उनीहरूले नेपाल विद्युत् प्राधिकरणमाथि विद्युत् आतंक मच्चाएको आरोपसमेत लगाए । प्राधिकरणले विनासूचना ८ देखि १२ घण्टासम्म लोडशेडिङ गर्दा आफ्नो उद्योगधन्दा धराशयी भएको कोरिडोर क्षेत्रका व्यवसायीको भनाइ थियो ।  यही विषयलाई लिएर वैशाख १० गते आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण लाइनको कम क्षमताका कारण लोडशेडिङ गर्नुपर्ने बाध्यता आएको स्पष्टीकरण दिए । नदी प्रवाहमा आधारित नेपालका अधिकांश आयोजनामा पानीको बहाव कम भएकाले विद्युत्को आन्तरिक उत्पादन घटेको र भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढाउन ढल्केवरपूर्वको प्रसारण लाइनले नधानेको उनको भनाइ थियो ।  कार्यकारी निर्देशक घिसिङले ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण भइसकेपछि यो क्षेत्रमा समस्या नरहने बताए । तर, निर्माणको चरणमा रहेका यी प्रसारण लाइनको काम विभिन्न अवरोधले लामो समयदेखि पूरा हुन सकेको छैन ।  वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीले विद्युत् प्रसारण लाइनका कारण लोडशेडिङको मार खेप्नुपरेको घटना त एउटा उदाहरण मात्रै हो । नेपालको विभिन्न क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनसम्म पुर्‍याउँदा, नेपालको बिजुली भारत निर्यात गर्दा एवं भारतबाट आयात गर्दा प्रसारण लाइन र ओभरलोडसम्बन्धी समस्या समयसमयमा आउने गरेको छ ।  गत वर्षायाममा निजीक्षेत्रका उद्यमीले नेपाल विद्युत् प्राधिकरणले आफूले उत्पादन गरेको बिजुली नकिन्दा १ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको गुनासो गरेका थिए । बिजुली खेर जानुमा प्रसारण लाइनको क्षमताले नधान्नु प्रमुख कारक रहेको बताइन्छ । यस्तै उत्पादन गृहसम्म राष्ट्रिय प्रसारण लाइन नपुग्नाले पनि समस्या हुने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अधिकारी बताउँछन् ।  इप्पान उपाध्यक्ष आशिष गर्ग विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि एवं सञ्जाल विस्तारमा तीव्रता दिन ढिला भइसकेको बताउँछन् । ‘विद्युत् प्रसारण लाइनको कम क्षमताले असजिलो भइरहेको छ । कतिपय अवस्थामा जलविद्युत् आयोजना बनिसक्दा पनि प्रसारण लाइन निर्माण पूरा नहुने समस्या छ । प्रसारण लाइन भएको अवस्थामा पनि क्षमताले नधान्दा बिजुली खेर गइरहेको छ,’ उनले भने । मुलुकभित्रको विद्युत् प्रसारण लाइन एकआपसमा नजोडिएकाले पनि एक ठाउँको उत्पादन सबैतिर पुर्‍याउन असहज भइरहेको उपाध्यक्ष गर्गको भनाइ छ । उनका अनुसार विद्युत् प्राधिकरणको सीमित क्षमताले प्रसारण लाइन निर्माणमा तीव्रता आउन नसकेको कुरा गरिन्छ । तर, निजीक्षेत्रले वर्षौंदेखि प्रसारण लाइन निर्माणमा सहभागी गराउन गरेको आग्रह सरकारले सुनेको छैन । सरकारले प्रसारण लाइन निर्माण यही गतिमा अघि बढाए आगामी दिनमा पनि अहिलेको समस्या दोहोरिने चिन्ता उनले व्यक्त गरे । नेपालको विद्युत् प्रसारण लाइनबारे जानकार हरराज न्यौपाने अहिलेको प्रसारण लाइन अपुग भएकाले चाहिएजति बिजुली आपूर्ति हुन नसकेको बताउँछन् । निर्माणाधीन प्रसारण लाइन बनेपछि मात्रै बिजुली आपूर्ति सहज हुने उनले बताए । ‘विभिन्न ठाउँमा थप प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेको ओभरलोडको समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुने समय कुर्नुपर्ने हुन्छ,’ न्यौपानेले भने ।  विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई पनि प्रसारण लाइनको कम क्षमता अहिलेको समस्या रहेको स्वीकार्छन् । विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण गरिरहेकाले लामो समयसम्म यो समस्या नरहने प्रवक्ता भट्टराईले बताए ।  जलविद्युत् एवं प्रसारण क्षेत्रका जानकारहरूले लाइन निर्माणको क्रममा जमीन अतिक्रमण, वनको समस्या, स्थानीयको अवरोध, ठेकेदारको लापरबाही र अदालतको आदेशजस्ता कारणले ढिलाइ हुने गरेको बताएका छन् । 

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बल्ल विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन, पुस १५ । नेपाल विद्युत् प्राधिकरण, बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने […]

क्यानडाको पूर्वी भागमा आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध

मन्ट्रियल- क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।  असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् । बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका […]

विद्युत् प्रसारण र सिँचाइ प्रणाली सुधार्न जापानले १६ अर्ब सहायता दिने

नेपालको विद्युत् प्रसारण लाइन र सिँचाइ प्रणाली सुधार गर्न जापानले करिब १६ अर्ब रुपैयाँ सहायता दिने भएको छ । जापानले तराई क्षेत्रको सिँचाइ प्रणाली सुधारका लागि दुई अर्ब अनुदान र सहरी...

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

काठमाडौँ । लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।   नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप […]

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

वीरगञ्ज – लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप काम […]

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप काम अघि बढ्ने भएको हो । वन तथा वातावरण मन्त्रालयको पछिल्लो बैठकको निर्णयअनुसार सो क्षेत्रमा भोगाधिकारको जग्गाभित्र पर्ने गरी माग

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।...

कालीकोटमा ३३ केभी विद्युत् प्रसारण लाइन जडान

कालीकोट । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभी विद्युत् जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभीमा विस्तार गरिएको हो । विगतमा कालीकोटमा ११ केभी प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्न ३३ केभी प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ हुँदैन ।’ यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केद्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अघि बढ्ने प्रमुख पौडेलले बताए । ‘जिल्लाका ९ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ,’ उनले भने, ‘अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।’ कर्णालीका दशमध्ये अझै तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन । दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रू. २५ अर्बको बजेट विनियोजन गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति गरिनेछ,’ उनले भने, ‘अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पुर्‍याइनेछ ।’ रासस

कालीकोटमा ३३ केभी विद्युत् प्रसारण लाइन जडान

चैत १, कालीकोट । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ ।  यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभी विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभी प्रसारण लाइन जडान गरिएको हो । विगतमा कालीकोटमा ११ केभी प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभी प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।  उनले भने, ‘यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ हुँदैन ।’ यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताए ।  ‘जिल्लाको नौ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ’, उनले भने, ‘अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।’ कर्णालीका दशमध्ये अझैँ तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन ।  दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रू. २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पा जिल्लामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति पूरा गरिनेछ’, उनले भने, ‘अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पुर्‍याइने छ ।’ रासस

विद्युत् प्रसारण लाइन निर्माणको अवरोध हटाउन कार्यदल गठन गर्ने

विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सचिवहरु, नेपाल विद्युत् प्राधरकणका पदाधिकारी लगायतको बैठकले संघीय तहमा उर्जा, जलस्रोत तथा सिंचाई […]