काठमाडौं । विद्युतीय साधनहरु पावरको मामलामा निकै अब्बल देखिन्छन् । विशेषगरी स्पोर्टस् कार निर्माताहरुले ईभीलाई निकै पावरफुल बनाउँदै आएका छन् । यो दौडमा हुन्डाईले आफ्नो सफल क्रसओभर आयोनीक-५ को पर्फमेन्स मोडल (एन) बजारमा ल्याएको छ । नेपालमा इलेक्ट्रीक मोटर पावरले प्रदान गर्ने पीकपावरमा आधारित रहेर कर निर्धारण भएको कारण यस्ता गाडी निकै महंगो पर्छन् । […]