गुल्मी – गुल्मी अस्पतालले आफ्नाे सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेकाे छ । कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएकाे सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन् ।
अस्पतालकाे कार्यसम्पादानकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे वार्षिक समीक्षा कार्यक्रममा सराेकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएकाे सेवाकाे प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जाेड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेक...