मकवानपुरकै दुर्गम मानिएको राक्सिराङमा स्वास्थ्यसेवा अब्बल बन्दै

मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् ।गाउँपालिकाले ९ वटा वडामा १० वटा स्वास्थ्यसंस्था स्थापना गरेर नागरिकमा उपचार सेवा पुर्याइरहेको छ । १० वटा स्वास्थ्य संस्थामध्ये ६ वटा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी सञ्चालनमा छन् भने ३ वटा भवन निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी