लमजुङ – जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो ।
यस्तै अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उहा...