ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ ।
अस्पतालबाट सेवा लिन सास्ती
जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो ।
...