काठमाडौँ,१ भदौ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो । जिल्ला अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा दैनिक एक सय ५० को हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा पुष्कल राईले बताए । […]