बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम