लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप

लमजुङ – जिल्ला अस्पताल लमजुङमा बिरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालमा साउनयता बिरामीको संख्या बढ्दै गएको छ । वृद्ध वृद्धा, वयस्कदेखि वृद्धवृद्धासम्म बिरामी […]

सम्बन्धित सामग्री

प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण

चितवन। पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ । विशेषगरी दीर्घरोगी, नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरुदण्ड, पक्षाघातजस्ता जटिल रोगका उपचारका लागि यो पद्धति प्रभावकारी बन्दै गएको छ ।  बिरामीलाई लामो समय प्राकृतिक पद्धतिद्वारा उपचार गरिने र सञ्चो पनि हुने भएकोले त्यस्ता बिरामीले यो पद्धति पछ्याउन थालेका हुन् । चितवनको देवघाटस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ । पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा आकर्षण बढ्दै गएको चिकित्सालयका फिजियोथेरापी विभागका प्रमुुख डा. अनिलबाबु पराजुलीले जानकारी दिए । दीर्घरोगी र एलोपेथिक उपचारपश्चात् पनि थप उपचारका लागि यहाँ आउने गरेको उनले बताए । ‘चिकित्सालयमा नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरूदण्ड, पक्षाघातजस्ता जटिल रोगको बिना औषधि उपचार हुने गरेको छ,’ उनले भने ।  उनका अनुसार प्राकृतिक चिकित्सालयबाट जुनसुकै रोग पनि औषधिको प्रयोगबिना नै सफल उपचार हुँदै आएको छ । पछिल्लो समय चिकित्सालयमा आवश्यकता अनुसारका यन्त्र उपकरण पनि थपिएकाले उपचारमा थप सहज भएको छ । ‘अझै पनि हामीसँग पर्याप्त स्रोतसाधन छैन, तैपनि उपलब्ध स्रोत र साधनका आधारमा सहज सेवा दिँदै आएका छौं,’ उनले भने । कोरोना महामारीमा चर्चा कमाएको यो चिकित्सालयमा चितवनसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्ला र अन्य क्षेत्रका नागरिक पनि सेवा लिन आउने गरेका छन् । यहाँ रोगको प्रकृतिअनुसार १५ दिनदेखि डेढ–दुई महीनासम्म उपचारका लागि समय लाग्ने गरेको छ । चिकित्सालयका मेडिकल अफिसर डा. सुजन कँडेलका अनुसार प्रकृतिमा निहित तत्वको प्रयोग नै प्राकृतिक चिकित्सा हो । प्राकृतिक नियमविपरीतका गतिविधि गरिँदा मानव स्वास्थ्यमा विभिन्न खालका रोग फैलिने क्रम बढ्दै गएको उनको भनाइ छ । ‘आकाश, जल, वायु, पृथ्वी, अग्निसहितका पञ्चतत्वको सन्तुलित अवस्थाले मानव स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ,’ उनले भने, ‘त्यसलाई सन्तुलनमा राख्ने काम प्राकृतिक चिकित्सा पद्धतिले गर्छ ।’ चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार हाल चिकित्सालय ५० शøया क्षमता भए पनि सरकारबाट जम्मा २५ शøयाको अनुमति पाएको छ । नारायणगढ बजारबाट नजिक र जंगलको बीचमा रहेको चिकित्सालयमा योग, ध्यानसहित प्राकृतिक वातावरणमै बिरामीको उपचार हुँदै आएको छ ।

लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप

लमजुङ – जिल्ला अस्पताल लमजुङमा बिरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालमा साउनयता बिरामीको संख्या बढ्दै गएको छ । वृद्ध वृद्धा, वयस्कदेखि वृद्धवृद्धासम्म बिरामी […]

जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामीको चाप

लमजुङ – जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो । यस्तै अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उहा...

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढ्यो

मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । पछिल्ला केही दिनयतादेखि

गर्मी बढेपछि जिल्ला अस्पतालमा बिरामीको बढ्याे चाप - Naya Patrika

मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । केही दिन यता जिल्लाका अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन् । सदरमुकाम...पूरा पढ्नुहोस् »