तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ। चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्ने गरी सेवा दिएको हो।गाउँपालिकाले १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो। करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि