दोलखाका गाउँगाउँ पुगेर योजना सम्झौता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर योजना सम्झौता सुरु गरेको छ। उपभोक्ता समितिलाई सहज गराउन र समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले विकास शिविर योजना आयोजना गरी योजना सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ। ०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था […]

सम्बन्धित सामग्री

दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी

दाेलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ । भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद […] The post दाेलखा भीमेश्वरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दोलखा कांग्रेसको सभापतिमा चार जना प्रतिस्पर्धी

चरीकोट : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन शुक्रवारदेखि चरिकोटमा सुरु भएको छ। कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर जिल्ला अधिवेशन सुरु गरेको हो। कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो ।          दोलखामा रहेको…

दोलखामा बसको ठक्करबाट युवकको मृत्यु

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिन्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजिता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।दोलखाको भ

दोलखामा बसको ठक्करबाट एकको मृत्यु

दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौंः दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पन मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाइ ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।  दोलखासँगै आसपासको जिल्लामा धक्का महसुस गरिएको छ।

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् । एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...

दोलखामा पहिलो पटक खुल्यो दुई तारे होटल

पूर्वी पहाडी जिल्ला दोलखामा पहिलो पटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा आएको हो । शनिबारदेखि सञ्चालनमा आएको होटलको...

हिउँ चितुवा संरक्षणको पर्खाइमा दोलखा

दोलखा – पहिलो पटक २०७६ जेठ २२ मा दोलखाको लप्चीमा हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यस्तै दोस्रो पटक २०७६ पुस २० मा रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यी दुवै ठाउँ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्दछन् । २०६६ पुस २७ मा घोषणा भएको यो क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका दुई हजार एक सय ७९ वर्ग किलोमिटर भूमि समेटिएको छ । नेपाल सरकारले गौरीशङ्कर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । संरक्षण क्षेत्र स्थापना भएको दशौँ वर्षमा विश्वमै ...

दोलखाको २३ वटै टावरबाट फोरजी सेवा

दोलखा - दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।  पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको ...

दोलखामा भूकम्पको धक्का महसुस

१ माघ, काठमाडौं । दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए ।