सुनवल नगरपालिकाका वडावडामै योजना सम्झौता

काठमाडौँ,१३ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । सम्बन्धित वडामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना […]