सल्यानको बागचौरमा वडाबाटै योजना सम्झौता गर्न शुरु

सल्यान : सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता शुरु गरेको छ। पालिकाले उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ।एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण कार्यक्रम गरेर योजनाहरू अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिए।वडा न १२ मा योजनाहरूको सम्झौता र बैंक खाता सञ्चालनको थालनी गरिएको उनको भनाइ छ। उक्त वडामा १२ वटा योजनाको योजना सम्झौतासँगै बैंक खातासमेत खोलिसकेको नगरपालिकाले जनाएक

सम्बन्धित सामग्री

अब गाउँबस्तीमै विकास योजना सम्झौता

यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ ।