सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमाभिसा कार्ड (डेबिड/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुटपाउने छन् ।यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।