नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली– इन्डोनेसिया भ्रमण र ५ जनाले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जनाले प्रत्येक दिन १ सय क्यास ब्याक पनि प्राप्त