सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाखसम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको अवधिक जीव