रामेछाप – चार वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बिताउनुभएका दोरम्बा गाउँपालिका १ मेघ्रेका राजन खड्का अहिले गाउँ फर्किएर आफ्नै जग्गामा नर्सरी स्थापना गरेर बर्सेनि लाखाैँ रुपैयाँ कमाउन सफल हुनुभएकाे छ ।
राजनले सात वर्षअघि रामेछापमा राेजगारी खोज्दै धेरै पटक सदरमुकाम लगायतका ठाउँ धाउनुभयाे । जिल्लामा रोजगारी नपाएपछि उहाँ रोजगारीकै लागि काठमाण्डाै लाग्नुभयाे । उहाँले काठमाण्डौमा पनि सोचेजस्तो काम पाउनुभएन । त्यसपछि राजनले धेरै पैसा कमाउने आश बाेकेर...