मुलुकबाट ऊनीजन्य वस्तु (फेल्ट)काे निर्यात बर्सेनि बढ्दै गइरहेकाे छ । भन्सार विभागकाे विगत ८ वर्षको तथ्यांक हेर्दा क्रमश निर्यात बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ बराबरको ऊनीजन्य सामग्री निर्यात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।