नदी कटानबाट जोगाउन वर्षाअघि नै जैविक तटबन्ध

कञ्चनपुर : कृष्णपुर नगरपालिका-३ बडबैका टोलका बासिन्दाले वर्षात सुरु हुन अगावै वनहरा नदीमा जैविक तटबन्ध गरेका छन्। वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन्।तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान गरेका छन्। चालु आर्थिक वर्षमा बडबैका टोलका बासिन्दाले नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत १० लाख रुपैयाँ लागतमा करिब ६०० तटबन्ध निर्माण गरेका छन्।नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ। त्यसैले आगा

सम्बन्धित सामग्री

श्रमदानबाट जैविक तटबन्ध बनाएपछि नदी कटान नियन्त्रणमा

स्थानीयले श्रमदान गरेर निर्माण गरिएको जैविक तटबन्धले नदी कटान नियन्त्रण भएको छ । कान्द्रा नदीको कटानले भजनी नगरपालिका– ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेपछि यी दुवै वडाका स्थानीयको श्रमदानबाट...

नदी कटान रोक्न जैविक तटबन्ध निर्माण

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–९ सीताबस्तीका करन ऐडीले दुई बिघा जग्गामा लगाएको उखु खेती बर्सेनि दोदा नदीमा आउने बाढीले जग्गा कटान गरी बगाउने गरेको छ । जग्गासँगै खेतमा रोपेको उखु बाली नदीको बाढीले बगाउन थालेपछि उनी निकै चिन्तित छन् । नदीमा पानीको बहाव उच्च भएका बेला बाढीको पानी खेतमा चढेर डुबानसमेत पार्ने गरेको छ ।      उखु बालीबाट उनले चाहेजस्तो आम्दानी लिन सकेका छैनन् । ‘नेपाल–भारतको सीमावर्ती क्षेत्र भएकाले नदीको धार परिवर्तन गर्न पनि सकिने अवस्था छैन’,  उनले भने, ‘पहिला नदी भारततर्फ भएर बग्ने गरेको थियो । नेपालतर्फ खासै क्षति पुर्‍याउँदैनथ्यो । हाल नदीको धार परिवर्तन भई नेपालतर्फ भएर बग्न थालेपछि उब्जाउ जमिन बगाउन थालेको छ । भारततर्फ जंगल (दुधुवा नेशनल पार्क) भएकाले खासै क्षति पुर्‍याएको छैन ।’       सीताबस्तीका दुई दर्जन परिवारको जग्गा नदी छेउमै पर्छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले झन्डै ७०० मिटर क्षेत्रमा जग्गा कटान गरेको छ । धेरै किसानको जग्गा नदीले बगाई बगरमा परिणत गरिसकेको छ । नदीमा अझै पानीको बहाव उच्च हुँदा जग्गा कटान जारी छ । जग्गा कटान रोक्नका लागि स्थानीय बासिन्दाले विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणको कार्यमा जुटेका छन् ।       ‘धेरै ठाउँमा पुगेर जैविक तटबन्धको प्रभावकारिताका बारेमा जानकारी लिएपछि जैविक तटबन्ध निर्माणमा जुटेका छौं’, समितिका अध्यक्ष पदम परियारले भने, ‘बाढीको पानीबाट जग्गा जोगाउन जैविक तटबन्धले प्रभावकारी भूमिका खेलेको पाइएपछि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी बाँसको जैविक तटबन्ध निर्माणमा जुटेका छौं ।’ थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुर्नवास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको छ । कार्यक्रमअन्र्तगत नगरपालिकाले अदक्ष कामदारको ज्यालाबापतको रकम बेहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा ३०० मिटर जैविक तटबन्ध निर्माण भइरहेको छ । यसका लागि ४ लाख ९१ हजार ९३३ बजेटको व्यवस्था गरिएको छ । सो परियोजनाले दोदा नदीले गरिरहेको जग्गा कटान रोकथामका लागि २ लाख २४ हजार ९४, स्थानीय समुदायको श्रमदान, नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ६३ हजार ८३९ र नगरपालिकाले स्थानीय सामग्रीको व्यवस्थापनका लागि १ लाख ९९ हजार ९२५ रकम बेहोर्ने सहमति भएको परियोजनाका अधिकृत महेश घिमिरेले जानकारी दिए । उनका अनुसार जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ र अदक्ष कामदार १२४ जना लाग्ने भएका छन् ।       तटबन्ध निर्माणमा बाँस ९१८ र बालुवाका बोरा ६ हजार ४०० लाग्ने अनुमान गरिएको छ । तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यसमेत हुनेछ । जिल्लाका अरू क्षेत्रका लागि जैविक तटबन्ध निर्माण नौलो नभए पनि सीताबस्तीमा भने पहिलो पटक जैविक तटबन्ध निर्माण हुन लागेको हो । विपद् व्यवस्थापन समितिका सचिव कृष्ण दाहाल जैविक तटबन्ध निर्माण यस क्षेत्रकै लागि नौलो भएको बताउँछन् । ढुंगा र तारजालीको प्रयोग गरी निर्माण हुने तटबन्ध निर्माणका लागि धेरै निकायमा पुगे पनि सुनवाइ नभएको उनले बताए । रासस

नदी कटान रोक्न सामूहिक प्रयास

टीकापुर, २३ साउन: कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र […]

नदी कटान रोक्न स्थानीयले बनाए जैविक तटबन्ध

टीकापुर नगरपालिका–२ मुलपानी नजिकै कर्णाली नदीले कटान गरेको ठाउँमा स्थानीयले जैविक तटबन्ध निर्माण गरेका छन् । रानी जमरा कुलरिया सिँचाई जलउपभोक्ता समितिमा आवद्ध स्थानीयले नदी कटान रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका हुन ।