नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली पक्षसमक्ष खुलेरै असन्तुष्टि जनाए । जयशंकर काठमाडौं आएकै दिन गएको बिहीबार दिउँसो चीनबाट युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङ पनि नेपालको चारदिने भ्रमणका लागि काठमाडौं उत्रिएका थिए ।