नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको पुष्टि

काठमाडाैँ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको बताउनुभयाे । उहाँका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हाे भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस […]

सम्बन्धित सामग्री

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।...

डीएसपीकाे नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ । गएकाे शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् (डीएसपी) पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे । यसअघि गएकाे जेठ २१ गते सीमा क्षेत्रकाे वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः...

नेपाल चीन सीमा नजिकै ४६ मिनेटभित्र २ वटा भूकम्प

२ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्प गएको छ । सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको […]

नेपाल-चीन सीमा नाका सुचारु गर्न विदेशमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाबारे नेपाल सरकारले चीन सरकारको ध्यानाकर्षण गराएको छ। आज समकक्षी वाङ यीसँगको द्विपक्षीय वार्तामा यस्तो जानकारी गराएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए। वार्तामा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । हेर्नुहोस् भिडियो

प्रकाश सपूत नेपाल–चीन सीमा स्तम्भमा पुगेपछि…

काठमाडौं, ९ चैत्र । यतिबेला गायक प्रकाश सपूत चर्चामा छन् । उनको गीत पीर सर्वाधिक लोकप्रीयको सूचीमा छ । यसले विवाद पनि ल्यायो । पीर गीत विवादमा परेपछि तनावमा परेका प्रकाश सपूत रिफ्रेस हुन हिमाली भेगतिर उक्लिएका छन् । उनी चीनसँगको सीमा नाकासम्म पुगेका छन् । नेपाल चीन सीमाको २४ र नम्बर पिलरमा अडेस लागेर […]

नेपाल-चीन सीमा समस्याबारे सरकारको घोषणा स्वागतयोग्य– राष्ट्रिय एकता अभियान

काठमाडौँ– राष्ट्रिय एकता अभियानले सरकरले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेको घोषणाको स्वागत गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको सरकारी घोषणाको अभियानले स्वागत गरेको हो । अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै […]

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार

नेपाल–चीन सीमा अध्ययन टोली हिल्सा पुग्यो

हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ ।  सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।  टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ ।  नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिम...

नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले नदी थुनियो, तामाकोशी नदीको तटीय क्षेत्रमा खतरा

चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ । शुक्रबार राति प्रशासनले एक जरुरी सुचना जारी गर्दै तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्ष...