नेपाल-चीन रेलमार्ग सञ्चालन गर्न प्रस्ताव

काठमाडौं, १३ असार । प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको जनाएको छ । समाचार अनुसार […]

सम्बन्धित सामग्री

शनिबार हुने भो जयनगर–जनकपुर रेलको उद्घाटन

रेलमार्ग निर्माण भएर रेल समेत भित्रिसकेको भारतको जयनगरदेखि नेपालको जनकपुर खण्डमा सञ्चालन हुने रेल बल्ल उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेबरहादुर देउवाको भारत भ्रमणका क्रममा दुबै मुलुकका प्रधानमन्त्रीले आउँदो शनिबार संयुक्त रुपमा सो रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय …

पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिन सकेको छैन । ९ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसैअनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन । वर्षेनि कम बजेट छुट्याइएकाले निर्माणले गति लिन नसकेको रेल विभागले बताएको छ । रेलमार्ग निर्माणमा जग्गा प्राप्तिको विषय पनि टुंगो लाग्न बाँकी रहेको विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । ‘वर्षेनि सरकारले झन्डै ८÷१० अर्ब बजेट छुट्याउने गरेको छ,’ उनले भने, ‘यो वर्ष अझै घटेर साढे ६ अर्ब बजेट छुट्याइएको छ ।’ आयोजना पूरै सम्पन्न गर्न ठूलो रकम आवश्यक भए पनि एउटा खण्डलाई पहिलो प्राथमिकता दिएर निर्माण अघि बढाउन सकिने विभागले बताएको छ । निर्माणको काम अघि बढिरहेको बर्दिवास–निजगढ खण्डमा पहिले सम्पन्न गर्दा रेल यातायातको विस्तार गर्न सकिने महानिर्देशक भट्टराईले बताए । सो खण्डमा अन्तिम काम बाँकी रहेकामा त्यो सम्पन्न गर्दा रेल चलाउन पूर्वाधार बन्ने उनले बताए । बर्दिवास–निजगढ प्याकेजमा पहिले बजेट सुनिश्चित गरेर बाँकी काम अघि बढाउने गरी योजना बनाइएको छ । यो एउटा प्याकेजमा काम गर्न सकेमा सो रेलमार्ग जयनगरबाट बर्दिवाससम्म पुग्न सक्ने महानिर्देशक भट्टराईले बताए । भारत सरकारको लगानीमा निर्माण भएको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको रेलमार्ग तयारी अवस्थामा छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनशक्ति तयार भएपछि रेल सञ्चालन गर्न तयारी अघि बढाएको छ । कुर्थाबाट बिजलपुरासम्म १७ किमी रेलमार्ग निर्माण भइरहेको छ भने बिजलपुराबाट बर्दिवाससम्म १७ किमीमा जग्गा प्राप्तिको काम भइरहेको छ । जग्गा छुट्याएर काम गर्दा दुई वर्षमा बर्दिवाससम्म निर्माण सकिने उनको भनाइ छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमै पर्ने बर्दिवास निजगढ खण्डमा विभागले कतिपय काम गरिसकेको छ । विभागले अहिले निर्माणको काम बर्दिवास निजगढ खण्डमा मात्रै अघि बढाएको छ । झन्डै ६९ किमी लम्बाइको सो खण्डमा सुधार र पुल निर्माणको काम भइरहेको महानिर्देशक भट्टराइले बताए । ५० किमीमा लम्बाइमा सुधारको काम सकिएर अरू काम गर्नुपर्नेछ । सो खण्डमा रेलको ट्र्याक राख्ने, स्टेशन बनाउने, विद्युतीय काम र सिग्निलिङको काम गर्नुपर्ने महानिर्देशक भट्टराइले बताए । निर्माण भइरहेको प्याकेजमा पनि सम्पन्न हुन पाँच वर्ष लाग्ने विभागले बताएको छ । बजेट सुनिश्चित र बहुवर्षीय ठेक्काका लागि कारबाही अघि बढाइएको महानिर्देशक भट्टराईले बताए । यो खण्डमा काम गर्न यो वर्ष अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आगामी वर्ष निर्माण कम्पनी र परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढाइनेछ । निजगढदेखि चितवान खण्डमा अझै अध्ययन हुन बाँकी छ । अरू खण्डमा विस्तृृत अध्ययन सकिएको छ । सो प्याकेजमा रेखांकन परिवर्तन गर्नुपर्ने हुँदा अरू प्याकेजभन्दा ढिला अध्ययन भइरहेको छ ।    काँकडभिट्टा–इनरुवा खण्डमा विगतका वर्षमा जग्गा प्राप्तिमा समस्या थियो । अहिले सो खण्डमा कतिपय जग्गाको समस्या हल भइसकेको र बाँकीमा अन्तिम चरणमा पुगेको महानिर्देशक भट्टराईले बताए । बजेटको कमीले गर्दा दररेट निर्धारण गर्न नसकिएको उनको भनाइ छ । अहिलेसम्म सरकारको बजेटबाटै रेलमार्गको अध्ययन र थोरै निर्माण अघि बढिरहेको छ । अहिलेसम्म रेलमार्गमा वैदेशिक लगानी सुनिश्चित् नभएको महानिर्देशक भट्टराईले बताए । निर्माणको तयारीका लागि पहिले अध्ययन र जग्गा प्राप्तिमा लागिएको छ । सो रेलमार्ग र भारतीय लगानीमा निर्माण भएको जयनगर–कुर्था–बर्दिवास रेलमार्ग बर्दिवासमा मिसिने विभागका सिनियर डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए । भारत सरकारले निर्माण गरेको रेलमार्ग ब्रोडगेज हो भने पूर्व–पश्चिम रेलमार्ग कतिपय अध्ययन स्ट्याण्डर्ड गेजमा भइरहेको उनको भनाइ छ । पहिले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाई हुने देखिएको थियो । पहिलेको रेखांकन परिवर्तन गरेर नयाँमा जाँदा भने लम्बाइ कूल लम्बाई परिवर्तन हुन सक्ने सिनियर डिभिजनल इञ्जिनीयर चित्रकारले बताए । रासस

नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल

भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जा

भारतले नेपाललाई हस्तान्तरण गर्‍यो जयनगर–कुर्ता सीमापार रेलमार्ग

कात्तिक ५,  काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।शुक्रवार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे। शुक्रवारदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।            भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको उक्त रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ । रासस

नेपाल र भारतले टुंग्याए जनकपुर-जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया

२२ असोज, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीमा अन्तरदेशीय रेलमार्गबारे बसेको नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा अपरेटिङ प्रोसिड्योरमा हस्ताक्षर भएको भारतीय दूतावासले टि्वटरमार्फत जानकारी दिएको छ । सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन […]

कुर्था–बिजुलपुरा रेलमार्ग ९०% निर्माण सम्पन्न

भदौ २०, काठमाडौं । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।  भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ ।  भारतीय पक्षले ‘बिजलपुरासम्मको निर्माण चाँडो सकाउँछु’ भन्दै आएको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताए । उनका अनुसार यो समयसम्म सक्छु भनेर मिति नभनेपनि उसले चाँडो सक्छौँ भन्दै आएको छ ।  वर्षाभन्दा पहिले निर्माणस्थलमा काम भइरहेको थियो भने अहिले कामदार निर्माणस्थलमा छैनन् । उनले भने, ‘हामीले उनीहरुसँग कुराकानी गरिरहेका छौँ र चाँडो गर्ने भनेको छ ।’  कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभएको महानिर्देशक भट्टराईले बताए । त्यो ठाउँमा पुरानो लाइनलाई विस्तार मात्रै गरिएको थियो । बिजलपुरादेखि बर्दिवाससम्म नयाँ बनाउनु पर्ने भएकाले जग्गाको समस्या हुनसक्ने उनले बताए । यस खण्डमा पूर्वाधारको काम शुरु नभएको उनको भनाइ छ । उनका अनुसार जग्गाको विवादका कारणले लामो समयसम्म पनि मुआब्जा वितरण हुन सकेन । अहिले धनुषा र महोत्तरीमा मुआब्जा निर्धारण भएकाले एउटा प्रक्रिया सकिएको उनले बताए । अहिले मुआब्जाकै प्रक्रियामा सम्बन्धित जग्गाधनीले उजूरी गर्ने समय बाँकीे छ । उनले भने, ‘त्यो सकिएपछि नै थप काम अघि बढ्न सक्नेछ ।’ भारतीय पक्षले पहिले रेलमार्ग भएकै ठाउँमा पहिलेको सबै पूर्वाधार हटाएर नयाँ निर्माण शुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण अघि बढाइएको हो ।  यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुबै पक्ष भारतीयले गरिरहेको छ । जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुवै रेलमार्ग बर्दिवास नै भटिने गरी योजना बनाइएको छ ।  पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको छ । यो खण्ड सकिएपछि बिजुलपुराबाट बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जानकारी दिएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्नसकेको थिएन भने अहिले पनि कहिलेसम्म सकिन्छ भन्ने टुंगो छैन ।  राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्को बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ ।  बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ । अरु तीन स्थानमा भने शुरु नै हुन सकेको छैन ।  नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।  जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी पूरा भए पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो ।  जयनगरदेखि कुर्थासम्मको लम्बाइ हाल ३५ किमी छ । कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ भने बिजुलपुराबाट बर्दिवाससम्म थप १७ किमी निर्माण हुनेछ । सबै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाई झण्डै ७० किमी लम्बाइको हुने बताइएको छ । रासस

कुर्था–बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ। भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ।

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो ।सन् २०१९ डिसेम्बर १२ सम्ममा बथनाहादेखि नेपालतर्फको बुधनगर हुँदै कटहरीसम्म रेल सञ्चालन गर्ने योजनाअनुसार सन् २०११ बाट कुल १८.६०१ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८

रेलमार्ग सञ्चालनमा ल्याउन माग

औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारबहनमा हुँदै आएको खर्च घटाउन रेलमार्ग लगायत दीर्घकालीन महत्वका संरचनाको विकास तथा सञ्चालन जरुरी रहेको उद्योगी, व्यवसायीले बताएका छन्। उनीहरूले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमार्फत उत्पादन लागत घटाउन...

रेलमार्ग सञ्चालनमा ल्याउन माग

विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म रेल सेवा सञ्चालन गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन्।...