नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताउनुभयो । उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका …

सम्बन्धित सामग्री

नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ– काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।