काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए। बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो। द्विपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे सहमति भएको छ। छलफलमा केरुङ–काठमाडौँ रेल मार्ग निर्माण, […]