दोहोरो अंकले बढेको बजारमा ७ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाए

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये सात ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन् ।   यो दिन सिनर्जी पावर डेभलपमेण्ट कम्पनी, बिशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष, हिमालयन उर्जा विकास कम्पनी, अरुण काबेली र हिमालयन पावर पार्टनरका शेयरधनीले सर्वाधिक कमाएका छन् ।   दोहोरो अंकले बजार बढेसँगै ती सात ओटै कम्पनीको शेयरमूल्यमा उच्च दरले वृद्धि भएका कारण शेयरधनीले कमाएका हुन ।  ती सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिनर्जी पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५१४ पुगेको हो । त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २० प्रतिशत,नेपाल इन्स्योरेन्स कम्पनीको ७ दशमलव ५७ प्रतिशत,नागरिक लगानी कोषको ६ दशमलव ४० प्रतिशत,अरुण काबेली पावरको ५ दशमलव ७० प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य  ५ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो । ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६ हजार १७०, नेपाल इन्स्योरेन्सको रू.१ हजार १५०, नागरिक लगानी कोषको रू. ३ हजार ७२४, हिमालयन उर्जा विकास कम्पनीको रू.३९०,अरुण काबेली पावरको रू. ५१९ र हिमालयन पावर पार्टनरको शेयरमूल्य प्रतिकित्ता रू. ५२० पुगेको छ ।  

सम्बन्धित सामग्री

आईपीएल : सर्वाधिक ५ पटकको विजेता मुम्बईको लगातार आठौं हार

१२ वैशाख, काठमाडौं । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार आठौं हार व्यहोरेको छ । आधा भन्दा बढी खेलमा जितविहीन बनेको मुम्बई लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ । केएल राहुलको शतक प्रेरित लखनउ सुपर जायन्ट्ससँग मुम्बई आइतबार राति ३६ रनले पराजित भयो । मुम्बई यस सिजन नयाँ […]

यी हुन् भारतमा फेब्रुुअरीमा सर्वाधिक बिक्री भएका ५ विद्युतीय कार

भारतमा विद्युतीय कारको बिक्री जनवरी र फेब्रुुअरीमा बढेको छ । वर्षको सुरुवाती २ महिनामा मात्रै विद्युतीय कारको दर्ता १ लाखको आँकडा पार गरेको छ । यसमा टाटा मोटर्स सर्वाधिक अगाडि छ । कयौं सवारी निर्माताहरु अब देशमा विद्युतीय सवारीलाई बढावा दिन सस्तो विद्युतीय कार प्रस्तुत गरिरहेका छन् । भारतमा फेब्रुअरी महिनामा सर्वाधिक बिक्री भएका विद्युतीय कार यस्ता छन्–१.टाटा नेक्सन/टाटा टिगोरबजारमा ९६ प्रतिशत हिस्साका साथ टाटाले विद्युतीय कारको वृत्तमा आफ्नो दबदबा कायम राखेको छ । यसको दुुई विद्युतीय मोडल

५२.२१ अंकले बढेको बजारमा यी ५ कम्पनीका शेयरधनीले सर्वाधिक कमाए

फागुन २६, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५२ दशलमव २१ अंक बजार बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । इमर्जिङ नेपाल लिमिटेड, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल हाइड्रो डेभलोपर, प्रोग्रेशिभ फाइनान्स र ज्योति विकास बैंकको शेयरमूल्य उच्च दरमा बढेको हो । यी ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी इमर्जिङ नेपालका शेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सर्वाधिक कमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४१ दशलमव ५० कायम भएको हो । त्यसैगरी, कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव ८९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ८ दशमलव ६५ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ८ दशमलव ५३ प्रतिशत र ज्योति विकास बैंकको शेयरमूल्य ८ दशमलव ४७ प्रतिशतका दरले वृद्धि भएको हो । बजार बढेसँगै यी ५ ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ४०४, नेपाल हाइड्रो डेभलोपरको रू. ५१५, प्रोग्रेशिभ फाइनान्सको रू. ३५० र ज्योति विकास बैंकको शेयरमूल्य रू. ४१० पुगेको छ ।

यी कम्पनीको लगानीकर्ताले आज कमाए सर्वाधिक

काठमाडौं, १८ साउन । नेपसेमा आज सबैभन्दा आज धेरै अरुण काबेली पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । दुई कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । नेप्सेको अनुसार सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको आज १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । त्यस्तै, गुराँस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले […]

०.११% ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

असार ३, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव २६ अंकले बढेर २ हजार ९७२ दशमलव ९८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको हो ।   दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको रू. ४ अर्ब ९२ करोड ६० लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको दोस्रो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ४२० कायम भएको छ ।   यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३५ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९१० मा कारोबार भइरहेको छ । दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत् वित्त, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै  सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको  सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र ख

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, २८ बैशाख । आज शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै बोर्टलर नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको १० प्रतिशतले शेयरमुल्य बढेको हो । त्यस्तै, रुरु जलवद्युतका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोपावरको ९.९१ प्रतिशतले शेयरमुल्य बृद्वी भएको […]