असार १४, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ८७८ दशमलव ७२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव २९ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको रू. ३ अर्ब ५४ करोड ७ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक ५ दशमलव ९३ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. १ हजार ४३० कायम भएको छ ।
यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४५ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८२७ मा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ८२ प्रतिशतले बढेको हो ।