काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र ख