०.११% ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

असार ३, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव २६ अंकले बढेर २ हजार ९७२ दशमलव ९८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको हो ।   दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको रू. ४ अर्ब ९२ करोड ६० लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको दोस्रो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ४२० कायम भएको छ ।   यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३५ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९१० मा कारोबार भइरहेको छ । दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत् वित्त, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

सम्बन्धित सामग्री

नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा

१८ फागुन, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापकहरुले पुनर्बीमाको सेयरमा प्रतिकित्ता २८० रुपैयाँभन्दा माथि हुनेगरी शिलबन्दी […]

थेसिस लेख्न विद्यार्थीलाई ४ लाखसम्म दिंदै नेपाल पुनर्बीमा कम्पनी, आवेदन आह्वान

नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ । कम्पनीले मास्टर्स, एमफिल र पीएचडि तहका विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो।कम्पनीले  कम्पनीको शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८ तथा आ.व २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवर्द्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारको लागि नेपालका विश्वविद्यालयका स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्न लागेको जनाएको छ । कम्पनीले शोधार्थीलाई उनीहरूको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभूत प्राज्ञिक अनुसन्धान गराउन  प्रतिस्पर्धाद्वारा विद्यार्थीहरूको छनौट गरिने उल्ल्लेख गरेको छ । “नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८' कम्पनीको वेवसाईट https://nepalre.com.np/en/nric-downloads मा उपलब्ध रहेको र इच्छुक विद्यार्थी/शोधार्थीहरूले कम्पनीको कार्यालयमा वा nepalreantc.net.np मा ईमेलमार्फत् २०७९ कार्तिक ३० गते भित्र “नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८' को अनुसूची २ बमोजिमको आवेदन र आवश्यक कागजात पेश गर्न सूचित गरेको छ।कम्पनीका अनुसार मास्टर्स तहमा १ लाख, एमफिल तहमा २ लाख र पीएचडि तहमा  ४ लाख बराबरको शोधवृत्ति प्रदान गर्ने जनाएको छ ।

राष्ट्रिय वाणिज्य र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमा प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्म

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनी बिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६।९७ प्रतिशत रहेको छ । सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए ।  देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

सिटिजन लाइफ र नेपाल पुनर्बीमा कम्पनी बीच पुनर्बीमा सम्झौता

असोज १०, काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो अवसरमा शतप्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै  गर्ने सम्झौता भएको सिटिजन लाइफका सीईओ पोषक राज पौडेलले वताए  । सरकारले चालू आवको बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा  नेपालमै  गर्नुपर्ने व्यवस्था  गरेको थियो।

नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीहरूले लाभांश पाउने, बोनश र नगद कति ?

काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको यही असार ७ गते बसेको सञ्चालक समिितको ३४० औँ बैठकले