०.६६% ले बढेको बजारमा रू रू जलविद्युतको शेयरमूल्य सर्वाधिक वृद्धि (१ बजेको अपडेट)

वैशाख २७, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १७ दशमलव २९ अंकले बढेर २ हजार ६३५ दशमलव ७२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ६६ प्रतिशतले बढेको हो ।   दोस्रो घण्टाको अवधिमा २१० ओटा कम्पनीको रू. १ अर्ब ६७ करोड १ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको दोस्रो घण्टामा रू रू जलविद्युत् परियोजना र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८५ र ९ दशमलव ७१ प्रतिशतले बढेको छ ।  यस अवधिसम्म जलविद्युत लगानी तथा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५१५ मा कारोबार भइरहेको छ । दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

सम्बन्धित सामग्री

१८.४९ अंकले घट्यो शेयर बजार, ६ अर्बभन्दा बढीको कारोबारमा एनसीसी बैंकको सर्वाधिक

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको भन्दा १८ दशमलव ४९ अंक तल झरेको छ ।  गत बिहीवार १२ दशमलव ४७ अंकले घटेर २ हजार ६३७ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ६१८ विन्दुमा झरेको हो । आइतवार २ हजार ६५२ दशमलव ५८ विन्दुदेखि बजार खुलेको थियो । यसदिन रू. ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१९ ओटा कम्पनीको ७५ हजार ४६ पटकको व्यापारमा भएको हो । बिहीवारको तुलनामा आइतवार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीवार रू. ६ अर्ब ८१ करोड ९१ हजार बराबरको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर कारोबार भएको थियो ।  कुल कारोबार रकममा यसदिन एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । उक्त कम्पनीको रू. २८ करोड ८६ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ ले घटेर अन्तिम मूल्य रू. ३६५ कायम भएको छ । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यो दिन लघुवित्तको सर्वाधिक १ दशमलव ७८ प्रतिशत परिसूचक घटेको हो ।  त्यस्तै उत्पादन तथा प्रशोधनको १ दशमलव ६१ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २८ प्रतिशत, वित्तको शून्य दशमलव ९७ प्रतिशत, लगानीको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ५ प्रतिशत र बैंकिङ्ग समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ । आइतवार समता घरेलु लघुवित्त वित्तीय संस्था र रू रू जलविद्युत परियोजनाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने महिला लघुवित्तसहित चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ । यो दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०४ र रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४८ कायम भएको छ । ३० कारोबार दिनसम्म निरन्तर मूल्य बढेको महिला लघुवित्तको आइतवार भने १० प्रतिशतले मूल्य घटेको छ । गत बिहीवार प्रतिकित्ता रू. ५ हजार ३० अन्तिम मूल्य कायम भएको महिला लघुवित्तको आइतवार प्रतिकित्ता रू. ४ हजार ५२७ मा झरेको हो ।  यो सँगै विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत , सिंगटी हाइड्रोपावरको ९ दशमलव ५६ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव २४ प्रतिशत घटेको छ ।  यसदिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ६७१ ले घटेर अन्तिम मूल्य रू. ६ हजार ४५, सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ४६ ले घटेर अन्तिम मूल्य रू. ४३५ र युनियन हाइड्रोपावरको प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. १६७ कायम भएको हो ।