अव्यवस्थित विद्युतीय पोल हटाइने

महेन्द्रनगर– महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकबीचमा ठडिएका विद्युतीय पोल एक महिनाभित्र हटाइने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रमले भीमदत्त नगरपालिकाभित्र निर्माण गरिरहेको अत्याधुनिक सडक कुरुप हुने गरी सडकबीचमा रहेका पोल हटाउन लागिएको हो । उक्त पोल हटाएर मुख्य बजार पछाडिपट्टिका गल्लीमा सार्ने काम विगत सात महिनादेखि रोकिएको छ । […]

सम्बन्धित सामग्री

नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

काठमाडौं : नागढुंगा-मुग्लिन सडक विस्तारको पहिलो खण्ड नागढुंगा-नौबिसेमा विद्युतीय पोल सार्ने काम नहुँदा बाधा परेको छ। नेपाल विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा पोल सार्ने काम सुरु हुन नसकेको हो। प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा…

विद्युतीय पोल हटाउँदै सरकार

काठमाडौं । काठमाडौं उपत्यका व्यवस्थित सुन्दर सहरका रूपमा विकसित विद्युतीय पोल हटाएर तार भूमिगत गर्ने तयारीमा सरकार जुटेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा बिजुलीको तार भूमिगत गरिएकामा अब भने पोल हटाउने तयारी भएको हो ।विद्युत् प्राधिकरणले ६ महिनापछि विद्युतीय पोल हटाउन सुरु गर्नेछ । पोल हटाइने भएपछि इन्टरनेट, केबललगायत तार ‘कसरी व्यवस्थापन गर्ने ?’ […] The post विद्युतीय पोल हटाउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिँदै

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काट्ने भएको हो । पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काट्ने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दिपरमण अधिकारीले बताए । उनका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले ७ वर्षदेखि पोलभाडा नतिरेकोले लाइन काट्न लागिएको हो । विद्युतीय संरचना प्रयोग गर्ने तथा अ

रसुवामा ७ वर्षदेखि सेवा प्रदायकले पोल भाडा तिरेनन्

रसुवा – रसुवामा नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले सात वर्षदेखि पोल भाडा नतिरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क तिरेका छैनन् ।  नेपाल टेलिकमबाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेका धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । यही वैशाखसम्म पनि सम्झौता गर्न न...

पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग […]

प्राविधिक जाँचपछि बिजुलीका पोल सार्न पाइने

नेपाल विद्युत प्राधिकरणले प्राविधिक जाँचपछि उपयुक्त देखिए मात्र पोल सार्न पाइने व्यवस्था गरेको छ ।प्राधिकरणले बनाएको ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मा प्राविधिक जाँचपछि उपयुक्त देखिएमा मात्र सार्ने व्यवस्था गरिएको हो । योसँगै ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना तार, पोल, ट्रान्सफर्मरलगायत सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । […]

प्राधिकरणले ल्यायो विद्युत पोल सार्न नयाँ कार्यविधि

नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न नयाँ प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको हो । कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नु पर्ने दायित्वलगायतका व्यवस्था गरिएको छ । प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट (एलटी लाइन), ११ क

विद्युतीय पोल चोरी गर्ने सात जना पक्राउ

मकवानपुर : विधुतीय पोल चोरीको आरोपमा मकवानपुरमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। चोरीको २७ थान बिदुतीय पोल लोड गरेको ट्रकसहित प्रहरीले सात जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा उक्त पोल लोड भएको मे १ ख २५०३ नम्बरको ट्रक चालक काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा छन्।यस्तै ट्रकमा सवार उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ बस्ने ३१ वर्षीय विवेक पोखरेल, संखुवासशभा खाँदवारी नगरपालिका–७ का २७ वर्षीय हरी नेपाल, मकवानपुर बागमती गाउँपाल